एमालेले जितेका सबैमा नेकपा एसको दावीले झापामा पनि गठबन्धनको एकता संकटमा
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार २०:५५:२३
९ वैशाख, झापा । नेकपा एमालेले जितेका सबै ठाउँमा नेकपा एकिकृत समाजवादीले दावी गरेपछि झापामा पनि गठबन्धन संकटमा पर्ने देखिएको छ । केन्द्रको पाँच दलीय सत्ता गठबन्धनमध्ये झापामा चार दलीय गठबन्धन छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी झापामा क्रियाशील छन् ।
झापामा जनमोर्चाको संगठन छैन । चार दलीय गठबन्धनले झापामा निकै लामो समयदेखि १५ वटा स्थानीय तहमा सिट बाँडफाँटको कसरत गरिरहेको थियो । तर, अन्तिम समयमा सिट बाँडफाँट टुंगिने बेलामा गठबन्धन झापामा खटपट सुरु भएको छ ।
गठबन्धनका दलले सिट बाँडफाँट टुंगो लगाउन कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ । कार्यादलमा माओवादी जिल्ला समन्वय सचिव मोहन टुडु, एकीकृत समाजवादीबाट मीनमणि बराल र जनता समाजवादी पार्टीबाट गौरीमान राई छन् । कार्यादलले सिट बाँडफाँटका लागि अन्तिम तयारी गरिरहेको संयोजक हुमागाईंले बताए ।
यो कार्यदलमा अन्तिम टुंगो लागेपछि गठबन्धनको बैठकमा पेस गरिने उनले बताए । तर, सिट बाँडफाँट टुंगिने बेलामा आफूहरूमाथि अपमान हुने गरी सिट बाँडफाँडको प्रस्ताव आएको एकीकृत समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मीले बताए ।
उनले त्यही प्रस्तावका कारण सँगै चुनाव लड्न नसकिने अवस्था आएको बताए । कार्यदलका संयोजक हुमागाईंले एकीकृत समाजवादीलाई एउटा नगर उपप्रमुख, एउटा उपाध्यक्ष र पाँचवटा वडाध्यक्ष लिन प्रस्ताव गरेपछि गठबन्धन तोडिन सक्ने चेतावनी दिए । ‘हामीमाथि अपमान भयो । हामी झापामा ठूलो शक्ति हैन । तर, पाँचवटा वडा र दुईवटा उपप्रमुख÷उपाध्यक्ष जित्न गठबन्धन गर्नुपर्दैन,’ अध्यक्ष रेग्मीले भने । उनले यही प्रस्ताव आए एकीकृत समाजवादी एक्लै चुनाव लडेर आफ्नो मत सुरक्षित गर्ने बताए ।
एकीकृत समाजवादीले झापा गठबन्धनमा सुरुदेखि नै एमालेले जितेका स्थानीय तहमा आफ्नो दाबी गर्दै आएको थियो । तर, गठबन्धनका दलले धरातलीय यथार्थ त्यस्तो नभएको बताएपछि एकीकृत समाजवादी केही लचिलोभएको थियो । लचिलो हुँदा पनि गठबन्धनमा आवद्ध ठूलो दल कांग्रेसले पेलिरहेका कारण गठबन्धनबाट बाहिरिन पर्ने अवस्था आउनसक्ने अध्यक्ष रेग्मीले बताए ।
उनका अनुसार बिहीबारबाट भने एकीकृत समाजवादी झापा गठबन्धनका दलहरूसँग संवादमा पनि छैन । उसले बिहीबार नै आफ्नो १५ वटा स्थानीय तहका आकांक्षी उम्मेदवारको लिस्ट सार्वजनिक गरिसकेको छ ।
तर, कांग्रेसलगायत दलले भने एकीकृत समाजवादीले राजनीतिक बार्गेनिङ गरेको जनाएका छन् । ‘झापामा गठबन्धन टुटेको छैन । गठबन्धन टुट्न त उहाँहरूले बाहिरिएको औपचारिक घोषणा गर्नुपर्दछ । तर, अहिलेसम्म त्यो पनि छैन । अनौपचापरिक रूपमा उहाँहरूले हामीसँगको भेटघाटमा बरू हामी मत बटुल्न एक्लै लड्छौँ वा एमालेसँग मिल्छौँ भन्नुभएको चाहिँ हो । सकेसम्म हामी उहाँहरूलाई समेटर लैजान्छौँ,’ कांग्रेस झापाका सचिव हुमागाईंले भने, ‘राजनीतिमा यस्तो हुन्छ । यो राजनीतिका लागि प्रचार मात्र पनि हुन्छ ।’
उनले झापामा एकीकृत समाजवादीको अपमान नभएको दाबी गरे । एकीकृत समाजवादीको धरातल र कांग्रेस स्थानीयस्तरका कार्यकर्ताको रिर्पोटका आधारमा धरातलीय रूमा दह्रो नभएको बताए । बरू माओवादीसँग मिलेर चुनावमा जाँदा रिजल्ट निस्कन सक्ने कार्यकर्ता तहबाट सुझाव आएको उनले बताए ।
उनले एकीकृत समाजवादीलाई टिकट दिँदा कतिपय स्थानमा आफ्ना पार्टीका कार्यकर्ताले भोट पनि नहाल्ने भनेर दबाब दिएको उनले बताए ।
‘कतिपयले एसलाई टिकट दिन भए मत बदर गराउँछौँ । भोट नै हाल्दैनौँ भनेका छन् । तै पनि उहाँहरूसँग दुइैवटा उपप्रमुख÷उपाध्यक्ष, पाँचवटा वडाअध्यक्ष चाहिँ दिएकै हो,’ उनले भने । गठबन्धनमा खटपट आउँदा अन्तिम चरणमा पुगेर झापा गठबन्धनमा संवादहिनताको अवस्था आएको छ । ‘बिहीबारदेखि हामीसँग सम्पर्क भएको छैन,’ अध्यक्ष रेग्मीले शुक्रबार भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार