कांग्रेस जनकपुर उपमहानगर समितिका सभापति साह र रुपन्देही क्षेत्र नम्बर २ का सभापति लम्सालले दिए राजीनामा
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार २१:२८:२६
९ वैशाख, काठमाडौं । सत्ता गठबन्धनको निर्णयप्रति असन्तुष्टी जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साह र रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरी लम्सालले पार्टीबाट राजीनामा दिएका छन् ।
उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् भने रुपन्देहीका लम्सालले राजीनामा दिएर स्वतन्त्र रहने जनाएका छन् ।
साहले शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी कांग्रेस छाडेका हुन् । उनले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिने जनाएका छन् ।
‘नेपाली कांग्रेसले जनकपुरको सन्दर्भमा गरेको गलत निर्णय सच्याउन यसअघि २४ घन्टे अल्टिमेटम दिएका थियौं, नभए कठोर कदम चाल्न बाध्य हुनेसमेत भनेका थियौं,’ साहले भने, ‘तर पार्टीले त्यो कुराको सुनुवाइ नगरेपछि नेपाली कांग्रेस परित्याग गरेको हो ।’ उनीसँगै सबै नगर वडा सभापतिहरूले पनि कांग्रेस छाडेका छन् ।
लम्सालले पनि मेयरको उम्मेदवार सिफारिस एकलौटी भएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् । जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको पत्र बुझाएका छन् । लम्साल दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति रहेका थिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वसभापति समेत रहेका उनी पार्टीभित्र संस्थापन इतरका मानिन्थे । संस्थापन इतरकै नगर सभापति खेलराज पाण्डेलाई नगर समितिले सर्वसम्मत मेयर उम्मेदवार सिफारिस गरेपछि उनी लगायत १३ जनाले विज्ञप्तिमार्फत विरोध जनाएका थिए ।
शुक्रबारै भैरहवामा रुपन्देही–३ का पूर्वक्षेत्रीय सभापति मातृकाप्रसाद यादवले पार्टी परित्याग गरी जसपा प्रवेश गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार