गुणवान र सक्षम नागरिक तयारदेखि सुगममा रेल र दुर्गममा केबलकार पुर्याउने एमालेको प्रतिबद्धता
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार २२:१:५६
९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ४८ पृष्ठ लामो स्थानीय तह घोषणा पत्र सार्वजनिक गरेको छ । २०७४ को स्थानीय तह निर्वाचन पश्चात हासील गरेको उपलब्धिलाई समेट्दै एमालेले घोषणापत्रमा गुणवान नागरिक तयार गर्ने खालको शिक्षा नीति तयार गर्ने जनाएको छ ।
एमालेल सुगम क्षेत्रमा रेल चलाउनदेखि दुर्गम क्षेत्रमा केबुलकार चलाउने योजना अगाडी सारेको छ । ठूला सहरमा रेल चलाउने र ठूला नदीमा जल यातायात चलाउने घोषणा गरेको छ । शुक्रबार सार्वजनिक एमालेको स्थानीय तह निर्वाचनको घोषणापत्रमा यो विषय उल्लेख छ ।
घोषणापत्रमा सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, ठूला सहरहरूमा रेल, बस ¥यापिड ट्रान्जिटलगायत यातायात प्रणालीको विकास गर्ने र ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्नेे भनिएको छ । मोटरबाटो पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबलकार र अरू वैकल्पिक प्रबन्ध गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमार्फत स्थानीय स्तरमा ४ हजार ३६२ कि.मि. कालोपत्रे सडक निर्माण भई पक्की सडक सञ्जाल दोब्बरभन्दा बढी विस्तार भएको उल्लेख गरेको छ । ७२५ स्थानीय तहमा सडक पुगेको पनि घोषणापत्रमा लेखिएको छ ।
पाँच वर्षमा तुइन विस्थापन र २ हजारभन्दा बढी झोलुंगे पुल निर्माण गरिएको, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरिएको पनि उल्लेख गरिएको छ । एकीकृत भन्सार संरचना र सुख्खा बन्दरगाह निर्माण, चोभारमा सुख्खा बन्दगाह निर्माण पनि गरिएको उल्लेख छ । जयनगर–जनकपुर रेलमार्ग निर्माण र सञ्चालन, पूर्व पश्चिम रेलमार्ग निर्माण आरम्भ गर्न सफल भएको पनि उल्लेख गरिएको छ ।
एमालेले पाँच वर्षको अवधिमा प्रत्येक पालिकामा न्यूनतम पाँचदखि १५ शैयाका आधारभूत अस्पताल निर्माण, २०७७ मङ्सिरमा एकैदिन ३९६ पालिकामा अस्पतालको शिलान्यास, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गर्न सफल भएको पनि उल्लेख गरेको छ ।
प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज निर्माणको कार्यारम्भ, राष्ट्रव्यापी स्वास्थ्य बिमा विस्तार, कोभिड महामारीको प्रभावकारी सामना, आइसोलेशन, क्वारेन्टिन, औषधि र खोपको निःशुल्क प्रबन्ध गरिएको र १८ अर्ब रुपैयाँ बराबरको कोरोना बिमा गराउन सफल भएको पनि उल्लेख छ ।
घोषणापत्रमार्फत एमालेले गएको पाँच वर्षमा मेलम्चीको पानी काठमाडौंमा अवतरण र वितरण गरिएको तथा एक घर एक धाराको अभियान मार्फत एक प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुर्याइएको तथा नेपाल दक्षिण एसियामै पहिलो खु्ला दिसामक्तु राष्ट्र घोषणा हुन सफल भएको उल्लेख गरिएको छ ।
जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र लोपोन्मुख्मु समुदायका नागरिकलाई मासिक चार हजार भत्ता प्रदान गर्न पार्टी सफल भएको घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको रुपमा संसद विघटन गरेको निर्णयलाई सही निर्णय गरिएको ठहर गरिएको । ‘प्रतिनिधिसभा विघटन र संसद विघटन स्वभाविक प्रक्रियामा थियो । तर त्यसलाई २०७८ असार २८ को परमादेश जनादेशलाई ठाडो चुनौती र निकृष्ट काम हो’ घोषणापत्र मस्यौदा समितिका संयोजक समेत रहेका ईश्वर पोखरेलले भने, ‘मुलुकलाई प्रतिगमनमा लैजाने काम भयो । आपराधिक प्रयत्न थियो । अदालतमा मजाक विषयमा । अविश्वनीय बन्दै गएको छ ।’
नेकपा एमालेले शिक्षा सुधारको विषयलाई पहिलो प्राथमिकतामा राखेरको छ । सार्वजनिक घोषणापत्रमा गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने उल्लेख छ । घोषणापत्रमा स्वास्थको विषयलाई दोस्रो प्राथमिकतामा राखिएको छ । त्यस्तै खानेपानी र सरसफाइ, उर्जाको विषयलाई एमालेले आफ्नो घोषणापत्रमा प्रमुखताका साथ समेटेको छ ।
विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली निःशुल्क उपलब्ध गराउने समेत एमालेले जोड दिएको छ । यस्तै कृषिलाई पाँचौं प्राथमिकताको रुपमा घोषणापत्रमा समेटेको छ । त्यसैगरी यातायात पूर्वाधार, एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास, विकसित पालिका, सुरक्षित आवास, औद्योगिककरण र आर्थिक वृद्धि, स्वदेशमै रोजगारी सम्मान कार्यक्रम लगायत विषय क्रमशः एमालेको प्रमुख योजनाको रुपमा घोषणापत्रमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार