कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, नेताहरुको छलफल बालुवाटारमै जारी
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार २२:२६:३५
९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसमा शीर्ष नेताहरुको शुक्रबार बिहान १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको अनौपचारिक बैठक अहिले पनि जारी छ । स्थानीय चुनावको तयारी र महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार छान्न नेपाली कांग्रेसको शीर्ष नेताहरूको छलफल जारी रहेको हो ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको तयारी, तालमेल र उम्मेदवारी चयनबारे बिहीबारदेखि नै शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । शुक्रबार बिहान १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको अनौपचारिक बैठक सुरु भएको थियो । छलफल नसकिएपछि सानेपामा दिउँसो २ बजेबाट बोलाइएको कार्यसम्पादन समितिको बैठक भने स्थगित गरिएको हो ।
कांग्रेस केन्द्रीय कार्यलयले दिएको जानकारी अनुसार नेताहरू बालुवाटारमै छलफलमा छन्, गठबन्धनका कारण भएको असन्तुष्टिको सम्बोधन र उम्मेदवारी चयनबारेको अनौपचारिक छलफल लम्बिएपछि त्यहीकारण कार्यसम्पादन समितिको बैठक सरेको हो ।
बालुवाटारमा जारी बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ लगायत छन् ।
अनौपचारिकरुपमा प्रस्ताव तयार गरेपछि मात्रै कार्यसम्पादन समितिको बैठक बस्ने तयारी छ । अब बस्ने कार्यसम्पादन समितिको बैठकबाट महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार चयन गर्नेछ । विधानअनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको चयन केन्द्रीय संसदीय समितिमार्फत् गर्नुपर्ने हुन्छ । तर, यसपटक संसदीय समिति नै गठन भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार