दाङको मस्जिदमा दुई पक्षबीच झडप, ५ जना घाइते
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार २२:३७:१५
९ बैशाख, दाङ । एक मस्जिदमा दुई पक्षबीच झडप भएको छ । झपडको क्रममा पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमहीस्थित मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा दुई पक्षबीच झपड भएको हो ।
झपडको क्रममा पाँच जना घाइते भएको र उनीहरू थप बुटवलतिर लागेका छन् । नवाज पढिरहेको बेला मस्जिदकै अर्को समूह आएर वर्तमान अध्यक्षले राजीनामा दिनुपर्ने अडान राखेको थियो । तर, अध्यक्ष राजीनामा नदिने अडान लिएपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
‘मौलानाहरूबीच नै सामान्य विवाद भएको हो । यसअघिका अध्यक्षको समूहले वर्तमान अध्यक्षले राजीनामा दिनुपर्छ भन्दै आएका थिए । त्यही बेला विवाद उत्कर्षमा पुगेर सामान्य झडप भएको हो,’ एसपी काफ्लेले बताए ।
झपडमा परी घाइते भएकमा पाँचैजना आफैं उपचार गर्ने भन्दै बुटवलतिर लागेका छन् । दाङमा प्राथमिक उपचारपछि उनीहरू आ-आफैं उपचार गराउने भनेर बुटवलतिर लागेको उनको भनाइ छ । अहिले अवस्थामा सामान्य भइसकेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार