भरतपुरमा रुख चिह्नबाट चुनाव लड्न रेनुलाई सुझाव, असन्तुष्ट पक्षले सभापतिको कार्यकक्षमा लगाए ताला
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शनिबार १:२०:३६
९ वैशाख, चितवन । चितवन कांग्रेसका असन्तुष्ट नेताहरुले रेनु दाहालले भरतपुरको मेयरमा रुख चिह्नबाट चुनाव लडेमात्रै भोट दिने विषयमा छलफल गर्न सकिने बताएका छन् ।
उनीहरुले रेनुले कांग्रेसको भोट पाउन रुख चिह्न लिएर लड्नुपर्ने नत्र भोट नपाउने बताएका छन् ।
पूर्व सांसद जगन्नाथ पौडेलले रेनु दाहालले रुख चिह्नबाट चुनाव लड्ने हो भने छलफल गर्न सकिन नत्र माओवादीको चिह्नमा कांग्रेसले भोट नहाल्ने बताए ।
२०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले भरतपुरको मेयरमा रेनु दाहाललाई सहयोग गरेको भन्दै उनले यसपटक केन्द्रको निर्णय कार्यन्वयन नहुने बताए ।
भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसबाट उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् ।
मेयरको उमेदवार नेकपा माओवादी केन्द्रलाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।
असन्तुष्ट पक्षले आज साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । यसअघि जिल्ला सभापति पनि महानगरको मेयर नछाड्ने पक्षमा थिए । गठबन्धनको निर्णय भएपछि खनालले केन्द्रीय परिपत्र विपरित गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह गरका थिए ।
त्यसपछि झनै रुष्ट बनेका कांग्रेस कन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्व सांसद जगन्नाथ पौडेललगायतका नेताहरुले सभापति खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
जिल्ला पार्टी कार्यालयमा भएको भेला पश्चात उनीहरुले तालाबन्दी गरेका हुन् । जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गर्दा कांग्रेस महासमिति सदस्य मिना खरेल, जिल्ला सह–सचिव गोपाल दराईलगायतका नेता कार्यकर्ताको उपस्थिती थियो ।
भरतपुरको मेयरमा गठबन्धनका तर्फबाट माओवादीकी रेनु दाहालले पुनः उमेदवारी दिने भएकी छन् । त्यसका लागि उनले आजै मेयरको पदबाट राजीनामा समेत दिइसकेकी छन् । उनले उपमेयर पार्वती शाह ठकुरीसमक्ष राजीनामा दिएकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार