अमेरिकी संसदीय टोली काठमाडौंमा, शनिबार प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गर्ने
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शनिबार १:४२:४९
९ वैशाख, काठमाडौं । अमेरिकी सांसदको एक उच्चस्तरीय टोली तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुगेको छ ।
नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वर्षगाँठको उपलक्ष्यमा टोली नेपाल आएको हो ।
अमेरिकी टोली युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेन्डा बनाएर शुक्रबार बेलुकी काठमाडौं आइपुगेको छ ।
टोलीका अन्य सदस्यमा सेनेटरहरु शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली छन् । यस्तै, प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स पनि रहेका छन् । उनीहरु सबै डेमोक्र्याटिक पार्टीमा आबद्ध हुन् ।
अमेरिका–नेपाल बीचको जारी दौत्य साझेदारीको एक हिस्साका रूपमा अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक दलका नेतृत्वसँग भेटघाट र विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार उक्त टोली र परराष्ट्र मन्त्री नारायण खड्काबीच शनिबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता हुने छ । अमेरिकी दूतावासका अनुसार टोलीका सदस्यहरुको भ्रमण हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावमाथि समेत केन्द्रित छ ।
परराष्ट्र स्रोतका अनुसार टोलीले इसिमोडको कार्यालयमा गएर स्थलगत भ्रमण गर्ने कार्यक्रम छ । उनीहरुले मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका संसदीय मैत्री समितिसँग भेटवार्ता गर्नेछ । उनीहरुको अधिकांश कार्यक्रम शनिबारै हुने र आइतबार बिहान फर्कने कार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार