वहालवाला जनप्रतिनिधिहरु धमाधम राजीनामा दिदै
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शनिबार २:६:२५
♦ विशाल बस्नेत
९ बैशाख, महोत्तरी । वहालवाला जनप्रतिनिधिले स्थानीय तहमा उम्मेदवार बन्न चाहेमा अनिवार्य राजीनामा दिनुपर्ने प्रावधानअनुसार महोत्तरीमा धमाधम राजीनामा आउन थालेको छ ।
उम्मेदवारको दाबी गर्ने वहालवाला जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका हुन् । शुक्रवारमात्र जिल्लाका झण्डै ५० जनाभन्दा बढीले राजीनामा दिएका छन् ।
१५ वटै पालिकामा अघिल्लो निर्वाचनमा निर्वाचित वडा सदस्य देखि पालिका प्रमुखसम्मले राजफनामा दिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुले जानकारी दिए ।
उम्मेदवार मनोनयन दर्ता गर्न जाँदा राजीनामा दिएको निस्सा अनिवार्य गरेको हुनाले जनप्रतिनिधिका अकाङक्षी वहालवाला जनप्रतिनिधिहरुले राजीनामा दिइरहेका हुन् ।
बर्दिबासस्थित वडा न.३ मा आजै वडा सदस्यदेखि वडा अध्यक्षसम्मले राजीनामा दिएका छन् । हालका वहालवाला वडा सदस्य गणेश बस्नेतलाई पाटीले वडा अध्यक्षमा सिफारिस गरेको छ भने वडा अध्यक्ष राजन ढुङगना नगरप्रमुखका दावेदार हुन् ।
त्यसैगरी वडा न.७ का वडा अध्यक्ष फाल्गुन सुस्लिङ्ग मगरले पनि आजै राजीनामा दिएका छन् । उनी नेकपा एमालेवाट नगरप्रमुखको दावेदार हुन् । त्यसैगरी वडा न।२, वडा न।१३ वाट पनि राजीनामा आएको प्रमुख प्रशासकिय अधिकृत गणेश दाहालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार