स्थानीय भलिबल खेलाडीलाई सम्मान
नेपालबहस संवाददाता
बैशाख १०, २०७९ शनिबार १३:१५:२५
१० बैशाख, लमजुङ । लमजुङको राइनास नगरपालिकाले नगरभित्रका भलिबल खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाले स्थानीय ८ जना भलिवल खेलाडीलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो ।
नगरपालिकाले एक कार्यक्रमबीच प्रतियोगितामा सहभागी खेलाडीहरु विशाल विक, जयन्द्र गुरङ, सद्दाम हुसेन, सरोज कुमाल, विकाश थापा, विकाश कुमाल, रिकिन कुमाल र टिम म्यानेजर अमृत कुमाल गरी ८ जनालाई सम्मान गरेको शाखा अधिकृत पूर्णवहादुर नेपालीले जानकारी दिए ।
नगरप्रमुख सिहंवहादुर थापा, उप्रप्रमुख धनकुमारी गुरुङ र प्रमुख प्रशासकिय अधिकृत गोकर्णराज सुयलले संयुक्त रुपमा खेलाडीलाई सम्मान गरेका हुन । उनीहरुलाई सम्मान स्वरुप खादा लगाई एकमुष्ट १९ हजार रुपैया प्रदान गरिएको हो ।
नगरपालिकाले यसअघि भलिवल खेलाडीलाई खेलकुद पोशाकसमेत सहयोग गरेको थियो । १ वैशाखदेखि ३ वैशाखसम्म गोरखाको अजिरकोट गाउँपालिका २ खिन्पुमा आयोजित खुल्ला भलिवल प्रतियोगितामा उपाधि विजेता नगरभित्रका खेलाडीलाई नगरपालिकाले नगद सहित सम्मान गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार