कांग्रेस कार्यसम्पादन समिति बैठक आज, महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाइने
नेपालबहस संवाददाता
बैशाख १०, २०७९ शनिबार १३:३७:५७
१० वैशाख, काठमाडौं । स्थानीय तहका उम्मेदवार टुंगो लगाउन सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । शुक्रबार बोलाइएको बैठक स्थगित भई आज शनिबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार कांग्रेसले अनुरोध गरेको छ ।
नेपाली कांग्रेसमा शीर्ष नेताहरु दुई दिन यता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको अनौपचारिक बैठकमा उम्मेदवार चयनका विषयमा छलफल गरिहेका छन् ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ वैशाख ९ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा २०७९ वैशाख १० गते बिहान ११ बजे बस्ने भएको छ,” उल्लेख छ ।
महानगर पालिकामा स्थानीय तह निर्वाचनका लागि उमेदवार टुंगो लगाउने भन्दै बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले शुक्रबारका लागि बैठक बोलाएको थियो । तर, गठबन्धन गर्ने पार्टीको निर्णयप्रति स्थानीय तहमा नेता कार्यकर्ताहरू असन्तुष्ट छन् ।
शुक्रबार बैठक स्थगन गरेर शीर्ष नेताहरूको प्रधानमन्त्री सरकारी निवास बालुबाटारमा अनौपचारिक बैठक बसेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार