जनप्रतिनिधिको भटाभटी राजीनामा, तर उम्मेदवारीको टुंगो छैन
नेपालबहस संवाददाता
बैशाख १०, २०७९ आइतबार ०:३५:८
१० वैशाख, जाजरकोट । सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्थानीय निर्वाचनमा कसले टिकट पाउल भनेर छलफल गरिरहेका छन् ।
कतिपय स्थानीय तहका जतप्रतिनिधिले भने फेरि पनि उम्मेदवार बन्न पदबाट राजीनामा समेत दिएका छन् । तर, गठबन्धनमा रहेका दलहरूबीच भागबण्डा नममिल्दा उम्मेदवारको टुंगो भने लागेको छैन ।
सुरुमा व्यापक चुनावी तयारी थालेको गठबन्धनका दलहरू अहिले चुपचाप छन् । यता प्रतिपक्ष नेकपा एमाले र कांग्रेसकै केही जनप्रतिनिधिले भने पुनः उम्मेदवारी दिने भन्दै राजीनामा समेत दिन थालेका छन् ।
नेकपा एमालेका नेता तथा कार्यकताले भने चुनावी प्रचार अभियान आक्रमक बनाएका छन् । सबै पालिकामा उम्मेदवार टुंगो लगाइसकेका कारण एमालेका कार्यकर्ता चुनावी प्रचारमा लागेका हुन् ।
‘अहिलेसम्म कुनै जानकारी नहुँदा अन्योलमा परेका छौं ।’ बारेकोट गाउँँपालिका जाजरकोटका इन्चार्ज तिलक रावतले भने । कर्णाली प्रदेशका सबै ठाउँमा गठबन्धनको भागबण्डाका लागि सहमति जुटाउन नसक्दा अन्यौल बढेको हो ।
छलफल जारी रहेको तर निकाश भने ननिस्केको कर्णाली प्रदेशका नेकपा माओवादी केन्द्रका इन्चार्ज कालीबहादुर मल्लले बताए ।
यस्तै, कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछायाँ शाही, भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्ती र अन्य ६ वडाका वडाध्यक्षले राजीनामा दिएका छन् । एकै पालिकाबाट ६ जना उम्मेदवारको नामावाली पठाएपछि कर्णाली प्रदेशका नेताहरूलाई उम्मेदवार र क्षेत्रको टुंगो लगाउन थप मुस्किल परेको छ ।
प्रदेशबाट सबै कुरा टुंगो लगाउने भएपछि सबैको ध्यान प्रदेशतर्फ केन्द्रीत भएको छ । जिल्ला सदरमुकाममा हुने छलफल पनि पातलो भएका छन् ।
सम्भावित उम्मेदवारहरू टिकटका लागि भन्दै सदरमुकाममा आएर होटलमा बसिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार