जिल्लाको तालमेलमा समस्या आएपछि गठबन्धनका शीर्ष नेताहरु छलफलमा
नेपालबहस संवाददाता
बैशाख १०, २०७९ आइतबार ०:४७:२७
१० वैशाख, काठमाडौं । जिल्लाको तालमेलमा समस्या देखिएपछि पाँच दलका शीर्ष नेताहरु गठबन्धनको बैठकमा जुटेका छन् । स्थानीय तह निर्वाचनमा देशभरको चुनावी तालमेलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।
केन्द्रबाटै महानगरपालिका र उपमहानगरपालिकाको तालमेलबारे टुंगो लगाए पनि विभिन्न जिल्लामा देखिएको समस्याबारे छलफल गर्न नेताहरू छलफलमा जुटेका हुन् ।
केहीबेर अघिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
जिल्लामा गठबन्धन दलहरूले गठबन्धन नगर्ने भन्ने निर्णय गर्न थालेपछि नेताहरूले त्यस्तो हकमा केन्द्रबाटै निर्णय गर्ने वा स्थानीय निर्णयलाई प्राथमिकता दिने भन्नेबारे दलहरूबीच मतभेद देखिएको छ ।
नेकपा एकीकृत समाजवादीले केन्द्रबाटै विवाद भएका जिल्लामा गठबन्धन गर्नेबारे निर्णय गर्नुपर्ने माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार