नेपालगन्ज उपमहानगरमा माओवादीले छाड्यो गठबन्धन, मित्रवत प्रतिस्पर्धा गर्ने
नेपालबहस संवाददाता
बैशाख १०, २०७९ आइतबार १:२२:३०
१० वैशाख, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने भन्दै सत्ता गठबन्धनबाट बाहिरिएको छ ।
चुनावी भागबन्डाका कारण माओवादी केन्द्रले नेपालगन्जमा गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । नेपालगन्जमा शनिबार पत्रकार सम्मेलनमार्फत यसको औपचारिक घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा माओवादीले २०७४ को स्थानीय तह निर्वाचनामा पाएको मतपरिणम र गठबन्धन दलको हिसाबमा नमिलेको बताएको छ ।
गएको निर्वाचनमा माओवादी पार्टी दोस्रो स्थानमा हुँदा पनि सम्मानजनक अवसर नदिइएको माओवादीका नेताहरुको भनाई छ ।
माओवादीका नगर अध्यक्ष रतन शाहीले केन्द्रीय गठबन्धनको मूलमर्मविपरीत नेपालगंज उपमहानगर पालिकाभित्र रहेका गठबन्धन सम्बद्ध दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टी गएको बताए ।
उक्त दलहरुले गठबन्धनको मूल स्परिटविपरीत वडाहरुमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने भनिसकेपछि नेपालगंज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएको उनले बताए ।
नगर अध्यक्ष रतन शाहीले भने,‘अपमानित भएर बस्न सक्दैनौं । हामीले मेयर, उपमेयर नभए पनि १५ वडा मागेका थियौं । त्यो माग पनि पूरा गरिएन । त्यसैले उपमहानगरको सन्दर्भमा हामी एक्लै लड्छौं ।’ अध्यक्ष शाहीले माओवादी केन्द्र वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २३ वटै वडामा प्रतिस्पर्धा गर्ने घोषणा गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार