कांग्रेसले भन्यो,‘मादीमा एक्लै चुनाव लड्छौं’
नेपालबहस संवाददाता
बैशाख १०, २०७९ आइतबार १:३४:५२
१० वैशाख, पोखरा । कास्कीमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाउने पक्का भैसकेको छ । बाँकी रहेका चार गाउँपालिकाको विभाजनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । सम्भवतः साँझसम्म भागबण्डा मिलाइसक्ने बताइएको छ ।
पार्टीहरूले आफ्नो दाबी नछोडेकै कारण गठबन्धनमा तालमेल बिग्रिएको हो । यहाँका चार मध्ये मादी गाउँपालिकाको प्रमुख माओवादीले मागेको छ । तर कांग्रेस नेताहरूले भने कुनै पनि पालिकाको अध्यक्ष दिन सक्ने अवस्था नरहेको बताएका छन् ।
मादीमा माओवादीको अडान नहटेका कारण कांग्रेसले माओवादीलाई नै गठबन्धनबाट हटाउन खोजेको छ । मादी कांग्रेसले विज्ञप्ति निकालेर माओवादीसँग गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको हो ।
सभापति यामबहादुर गुरुङले प्रतिस्पर्धाको तयारी गर्न अपिल गरेका छन् । गठबन्धनका लागि माओवादीसहित दलहरूको छलफल निष्कर्षमा पुग्न कठिन भएको भन्दै उनले एक्लै चुनाव लड्ने बताएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार