कैलालीमा चुनावी तालमेलका लागि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा अस्वीकार
नेपालबहस संवाददाता
बैशाख १०, २०७९ आइतबार १:३९:५४
१० वैशाख, धनगढी । स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीमा गठबन्धन दलबीच भएको चुनावी तालमेलको प्रयास टुंगोमा पुग्न सकेको छैन । चुनावी तालमेलका लागि गठबन्धन दलबीच निरन्तर बैठक चले पनि सहमति हुन नसकेको हो ।
शनिबार कैलालीमा तालमेलका लागि नेपाली कांग्रेसले आफ्नो प्रस्ताव राखे पनि माओवादी केन्द्रले उक्त प्रस्ताव अस्वीकार गरेको छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक हरि ज्ञवालीका अनुसार नेपाली कांग्रेसले आफूलाई सात स्थानीय तहको नेतृत्व राखेर माओवादी केन्द्रलाई चार र एकीकृत समाजवादी पार्टीलाई २ स्थानीय तहमा भाग दिने प्रस्ताव ल्याएको छ । तर, माओवादी केन्द्रले भने सो प्रस्ताव अस्वीकार गरेको संयोजक ज्ञवालीले बताए ।
‘हाम्रो जिल्लाको बैठक बसेर ५ स्थानीय तह नपाए आफ्नै तरिकाले चुनाव लड्ने निर्णय भएको छ छ,’ संयोजक ज्ञवालीले भने, ‘चार स्थान मात्रै दिने गरी कांग्रेसले राखेको प्रस्ताव मान्य छैन, अव सहमति हुने अवस्था पनि देखिँदैन ।’
उनले आइतबार बिहानसम्म पनि छलफल हुने बताए । माओवादी केन्द्रले कैलालीका ५ पालिकामा प्रमुख र ६ पालिकामा उप प्रमुख पद माग गरेको छ ।
नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले पनि अहिले सम्म कुनै सहमति नभएको जनाएका छन् । गठबन्धन दलहरूबीच बैठक जारी रहेको भन्दै उनले सहमतिको नजिक पुगेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपालसँग बामदेव गौतमले मागे कार्यकारी भूमिका, झलनाथपछिको वरियता
पुष १५, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
माधव नेपालसँग बामदेव गौतमले मागे कार्यकारी भूमिका, झलनाथपछिको वरियता
पुष १५, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
पुष १५, २०८१ सोमबार
वीरगन्जमा मालबाहक ट्रकबाट १६० केजी गाँजासहित दुई जना पक्राउ
पुष १५, २०८१ सोमबार
माधव नेपालसँग बामदेव गौतमले मागे कार्यकारी भूमिका, झलनाथपछिको वरियता
पुष १५, २०८१ सोमबार
पर्साको जिराभवानी गाउँपालिकामा सेवा प्रवाह र सुशासन विषयक अन्तरक्रिया सम्पन्न
पुष १५, २०८१ सोमबार