एमाले प्रदेश कमिटी सदस्य यादवले गरे पार्टी परित्याग
नेपालबहस संवाददाता
बैशाख १०, २०७९ आइतबार १:४५:१८
१० वैशाख, भैरहवा । नेपाल कम्युनिस्ट पार्टी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ का इन्चार्ज बाबुलाल यादवले पार्टी परित्याग गरेका छन् । नेता यादवले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।
सिद्धान्त र दर्शन मन परेर कसैको अनुहार हेरेर वा लाभ विना २०५४ सालदेखि नै अनवरत रूपमा रुपन्देहीको मर्चवारबाट पार्टीमा लागेको यादवले पार्टीमा अहिले विधिको शासन नभएर नक्कली प्रेम र सद्भाव पाएको बताए ।
नक्कली रूपमा क्षेत्र इन्चार्ज बनाएर राखेको आरोप लागाउँदै अहिलेसम्म सल्लाह सुझावसमेत नमागेको भन्दै खिन्न भएर पार्टी परित्याग गरेको बताए । पार्टी विधि, विचार र सिद्धान्त अनुसार नचलेको, जिल्लाको नेतृत्वले धोका दिई केही नेताले गर्दा बाध्य भएर पार्टी त्याग्नु परेको उनले बताए ।
रुपन्देहीको क्षेत्र नम्बर ४ बाट मेरो पालिका अध्यक्षमा आकांक्षी भए पनि अहिले केही व्यक्तिको एकल निर्णयले आफूलाई जानकारी नै नगराई कुनै प्रकारको छलफल र बहस विना नै आफूविरुद्ध भ्रामक प्रचार गरेको उनको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार