तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
बैशाख ११, २०७९ आइतबार ११:५३:४२
वि.सं.२०७९ साल वैशाख ११ गते । आइतबार । ईश्वी सन् २०२२ अप्रिल २४ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख कृष्णपक्ष । तिथि– अष्टमी, बिहान ०७ बजेर ४५ मिनेट उप्रान्त नवमी । नक्षत्र–श्रवण, बेलुकी ०८ बजेर ५२ मिनेट उप्रान्त धनिष्ठा । योग– शुभ, रातको ०१ बजेर ५८ मिनेट उप्रान्त शुक्ल । करण– कौलव, बिहान ०७ बजेर ४५ मिनेट उप्रान्त तैतिल, बेलुकी ०६ बजेर ४२ मिनेट उपान्त गर । आनन्दादिमा–गद योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३३ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी २९ पला । लोकतन्त्र दिवस ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- व्यापारमा थोरै समय दिदापनि मनग्गे आम्दानी गर्न सकिने छ । पढाईलेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गितसंगित तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सकिने छ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । छोटो दुरिको धार्मिक यात्रा हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- आकस्मिक धन सम्पती प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पती हात लाग्ने योग रहेको छ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धीमुलक कामहरु गर्न सकिने छ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगती हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिने छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा मन जाने छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- सत्यता बुझेर अगाडी बढ्नुको सट्टा हल्लाको पछी लाग्दा दुख पाईने छ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहने छ । अरुकै कामका लागी समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिने छ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिने छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिने छ भने मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुशि भएको महशुस गर्नेछन् ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे):- बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउने छ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्ने छ । पढाईलेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । मायाप्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवनसाथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो):- कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिने छ । बौद्धिक क्षेत्र तथा बित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्ने छ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेको छ । मायाप्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपाहार प्राप्त हुने योग रहेकोछ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाईलेखाई कमजोर रहने छ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अली बढि नै संघर्ष गर्नु पर्नेछ । साझको समय राम्रो रहेकोले यात्राको तय हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउने छ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिने छ, भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिने छ । साझको समय मध्यम रहेकोले सवारीसाधनको प्रयोग गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिने छ । गितसंगित तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैया पैसा कमाउन सकिने छ । धन तथा भौतिक सम्पती राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिने छ । मायाप्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धीत व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- व्यापार व्यवसायमा प्रसस्त नाँफा कमाउन सकिने छ भने लगानी गर्ने वातावरण बनाउन सकिने छ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिने छ । छोटो दुरिको रमाईलो यात्राको तय हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- लामो दुरिको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित सस्था,एनजिओ तथा आईएनजिओमा काम पाउने प्रवल सम्भावना रहेको छ । बिदेशमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायी रहने छ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथिभाईका साथ रमाईलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची):- भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिने छ । सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिने छ । बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाईलेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिने छ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार