उम्मेदवार टुंग्याउन कांग्रेस बैठक बस्दै,विराटनगर, ललितपुर र पोखरामा तीन नेताको अडान यथावत
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार १४:०:३९
११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । उम्मेदवारहरुको अन्तिम टुंगो लगाउन आइतबार बिहान नौ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो ।
आइतबार र सोमबार उम्मेदवारहरुको मनोनयन दर्ताको कार्यक्रम छ । त्यसैले आन्तरिक विवाद मिलाएर उम्मेदवार छिटो टुंगो लगाउनुपर्ने दबावमा नेपाली कांग्रेस परेको छ ।
उम्मेदवार टुग्याउन विराटनगर, ललितपुर र पोखरामा सभापति शेरबहादुर देउवा, नेताहरु डा.शेखर कोइराला र कृष्णप्रसाद सिटौलाबीच सहमति हुन नसकिरहेको बताइएको छ ।
विराटनगर महानगरपालिकाको मेयर उम्मेदवारमा कुरा नमिलेपछि शनिबारको शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको थियो ।
मेयर उम्मेदवार टुंगो लगाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर टुंगोमा पुग्न नसकेपछि आइतबार बिहान फेरि यो विषयमा छलफललाई जारी राख्ने भन्दै नेताहरुले बालुवाटारको बैठक स्थगित गरेका थिए ।
विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई नै दोहोर्याउने कि शेखर कोइरालाले प्रस्ताव गरेका नागेश कोइरालालाई टिकट दिने भन्नेमा कांग्रेसभित्र विवाद छ ।
बैठकमा शेखरसहित नेता विमलेन्द्र निधि लगायतले काठमाडौंको जस्तै अवस्था विराटनगरमा पनि रहेको भन्दै शेखर कोइरालाले प्रस्ताव गरेको नागेशलाई मेयरको टिकट दिनुपर्ने बताएका थिए । तर यसमा कृष्ण सिटौलाले असहमति जनाउँदै पराजुलीलाई नै मेयरमा दोहोर्याउनुपर्ने अडान राखेका थिए ।
यसैगरी भरतपुर महानगरपालिकाको उपमेयरको उम्मेदवार महानगर सभापति चित्रसेन अधिकारीलाई बनाउन सभापति देउवाले चाहेका छन् । तर रामचन्द्र पौडेल भने सूर्यकान्त घिमिरेलाई टिकट दिनुपर्ने पक्षमा छन् ।
पोखराको उपमेयरमा पनि नेताहरु एकमत हुन सकेनन् । रामचन्द्र पौडेल र शेखर कोइराला कोपिला रानाभाटको पक्षमा छन् तर देउवा सुरेन्द्र विजुक्छेको पक्षमा छन् ।
विजेक्छे नेपाली कांग्रेस पोखराको नगर सभापति हुन् । ललितपुरमा पनि चिरीबाबु महर्जनलाई नै दोहोर्याउने कि नयाँ उम्मेदवार बनाउने भन्नेमा कांग्रेसभित्र बहस भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार