तनहुँमा एमालेले भोलि मनोनय दर्ता गराउने, गठबन्धनलाई भागबण्डाकै सकस,
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार १४:३४:१६
११ वैशाख, तनहुँ । तनहुँमा नेकपा एमालेले आज साँझ मात्रै वडाका उम्मेद्वार सार्वजनिक गरी भोली मनोनयन दर्ता गराउने तयारी गरेपनि सत्ता गठबन्धनमा भने अझै सहमति जुटेको छैन । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारी मनोनयन हुँदैछ ।
स्थानीय तहमा उम्मेदवार बन्न निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्नेछ । तनहुँका १० वटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । आइतबार बिहान १० देखि ५ बजेसम्म र सोमबार बिहान १० देखि ५ बजेसम्म उम्मेदवारलाई मनोनय दर्ताको समय तोकिएको छ ।
मनोनयन दर्ताका सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ढुंगानाले बताए । शनिबार सबै स्थानीय तहमा सर्वदलीय बैठक भएको उनले जानकारी दिए । ‘छलफलमा भरसक आलोपालो गरेर आउनु भनेका छौँ । सबै दल र उम्मेदवारलाई मनोनयपत्र बाँडेका छौँ,’ उनले भने ।
पहिलो दिन आज साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउने आँकलन गरेको उनले बताए । ‘ठूला राजनीतिक दलको टिकटको तारतम्य मिलेको देखिदैन । त्यसैले ठूला राजनीतिक दलको हकमा सोमबार हुने देखिन्छ । साना दल र स्वतन्त्र उम्मेदवारले भने आइतबार नै आउछौँ भन्नु भएको छ,’ उनले भने ।
स्थानीय तह निर्वाचनको मनोनयन दर्ता आजदेखि सुरु हुने भए पनि जिल्लामा ठूला दल उम्मेदवार छनोटमै अल्झिएका छन् । उम्मेदवारको टुंगो नहुँदा निर्वाचनको रौनक त्यति छैन ।
सत्ता गठबन्धनमा सहमती जुट्न सकेको छैन । शनिबार बिहान र साँझ दुई पटक सत्ता साझेदार दलका प्रतिनिधिको बैठक बसे पनि सहमति हुन सकेन । गठबन्धन दलबीच आ–आफ्नै अडानका कारण भागबण्डा मिल्न नसकेको बैठकमा सहभागी एक नेताले बताए । ‘सबैको अडान छ । सहमति हुन सकेको छैन् । अन्तिम समयमा मात्र सहमति होलाजस्तो देखिन्छ,’ उनले भने ।
एमालेले आज साँझ मात्रै वडाका उम्मेद्वार सार्वजनिक गर्ने एमाले तनहुँका उपसचिव खिमबहादुर कुमालले बताए । वडाको उम्मेदवार टुंगो लगाउन एमाले जिल्ला कमिटी शनिबार दिनभर बैठक बसेको थियो । ‘सोमबार १२ बजे सबै स्थानीय तहमा एकै साथ मनोनयन दर्ता गराउनेछौँ,’ कुमालले भने ।
जिल्लामा २३ दलले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ र जिल्लामा क्रियाशिल १७ गरी २३ दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । दल दर्ता नभएकाले स्वतन्त्र चिह्नबाट निर्वाचन लड्नुपर्ने हुन्छ ।
सोमबार ५ बजेपछि मनोनय दर्ता भएका उम्मेदवारको सूची प्रकाशन हुनेछ । १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच तथा उजुरी उपर जाँचबुझ र निर्णय हुनेछ ।
१५ वैशाखमै उम्मेदवारको नामावली प्रकाशन हुनेछ । १६ वैशाखमा उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । ३० वैशाखमा विहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।
स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २ लाख ४४ हजार ३४० मतदाता कायम छन् । निर्वाचन आयोगले १ लाख १७ हजार १३४ पुरुष र १ लाख २७ हजार २०६ महिला मतदाता कायम गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार