इलाममा मनोनयन गर्ने दिनसम्म उम्मेदवारकाे टुंगाे लागेन
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार १६:२६:४१
११ वैशाख, इलाम । आज र भाेलि स्थानीय तहको निर्वाचनका मनोनयन हुँदैछ । तर, इलाममा दलहरूले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् । प्रमुख र उपप्रमुखको टुंगाे नलाग्दा जिल्लाबाटै टुंगिने वडाध्यक्ष र सदस्य उम्मेदवारकाे नाम समेत सार्वजनिक गरिएको छैन ।
कतिपय ठाउँमा छनोट भएका उम्मेदवारप्रति कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । एमालेबाट इलाम नगरपालिकाको प्रमुखमा नरेन्द्रनाथ भट्टराईको नाम सार्वजनिक भएपछि नगर कमिटीबाट सामूहिक राजीनामा गरेका छन् । पार्टीको कार्यालयमा तालाबन्दी गरिएकाे छ । जनाधार नभकाको व्यक्तिलाई चुनावमा लिएर जान नसकिने भन्दै नगर कमिटीका पदाधिकारी तथा सदस्य र जनवर्गीय संगठनका प्रमुखले राजीनामा गरेका हुन् ।
नगर कमिटीबाट नरेन्द्रनाथ भट्टराईको नाम तेस्रो नम्बरमा सिफारिस भएको थियो । एक नम्बरमा धिरेन चेम्जोङ र दोस्रो नम्बरमा कृष्ण श्रेष्ठको नाम सिफारिस भएको थियो । उम्मेदवार छान्न सकस परेपछि सदरमुकाम रहेको पालिकामा ठूला दलहरूले आज मनोनयन दर्ता गर्ने तयारी समेत गरेका छैनन् ।
नेपाली कांग्रेसले इलाम नगरपालिका प्रमुखको टुंगाे लगाउन सकेको छैन । दलहरूबीचको भागबन्डामा इलाममा कांग्रेसले प्रमुख र उपप्रमुख दुबै पाउने छ । प्रमुखमा केदार थापा र खगेन्द्र देवानले दाबी गरिरहेका छन् । उपप्रमुखमा विष्णु दाहालको नाम टुंगिएकाे बताइए पनि आधिकारिक रुपमा सार्वजनिक गरिएकाे छैन ।
एमालेले सूर्योदय, देउमाई नगरपालिका, रोङ र माङसेबुङ्ग गाउँपालिकाका लागि उम्मेदवार सर्वसम्मत सिफारिस भएका छन् ।सूर्योदयको प्रमुखमा काजीमान कागते, उपप्रमुखमा दुर्गादेवी भट्टराई, देउमाईको प्रमुखमा सूर्य पोख्रेल र पविमाया राई, माङसेबुङ गाउँपालिकाको अध्यक्षमा हेमन्त राई र उपाध्यक्षमा सुनिता योङहाङ, रोङको अध्यक्षमा मेहरमान तामाङ र विष्णुमाया भुजेल सर्वसम्मत सिफारिस भएका छन् ।
सर्वसम्मत सिफारिस नभएको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा उदय राई र उपाध्यक्षमा शोभा पराजुलीलाई दोहोर्याएर उम्मेदवार बनाउने बुझिएको छ ।
माइजोगमाईको अध्यक्षमा कुशबहादुर थेबे र उपाध्यक्षमा सावित्रा भट्टराईको नाम टुङ्गिएको छ । चुलाचुली गाउँपालिकाको अध्यक्षमा ओमनारायण र उपाध्यक्षमा दिलु लावतीको टिकट पक्का भए पनि एमालेले उम्मेदवार सार्वजनिक गर्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार