एमालेसहित गठबन्धनका दलहरुले उपत्यका र अन्य केही स्थानको उम्मेदवारी दर्ता भोली गर्ने
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार १६:५२:५५
११ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनमा सहमति जुटाउन सकस भएपछि ठुला राजनीतिक दलहरूले काठमाडौं उपत्यका र बाहिरमा केही पालिकाहरुमा शोमबार मात्रै उम्मेदवारको मनोनयन दर्ता गराउने भएका छन् ।
नेपाली कांग्रेसले आज अबेरसम्ममा उम्मेदवारहरुको टुंगो लगाउने जनाएको छ भने नेकपा एमालेले आजै उम्मेदवारहरुको नाम टुंग्याउने जनाएको छ । गठबन्धनमा रहेका दलहरु अझै सहमति जुटाउने प्रयासमा रहेका छन् ।
नेकपा एमाले र सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले उपत्यकामा उम्मेदवारी दर्ता भोलिमात्रै गर्ने जनाएका हुन् । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै स्थानीय तहहरूमा उम्मेदवार तय भैनसकेकाले सोमबारमात्रै उम्मेदवारी दर्ता गर्ने नेकपा एमाले नेताहरुले बताएका छन् ।
त्यस्तै सत्तारुढ गठबन्धन दलले पनि देशका अधिकांश स्थानमा भोलि नै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । सत्तारुढ दलका नेता जीवनराम श्रेष्ठले अधिकांश स्थानमा गठबन्धनका साझा उम्मेदवारको उम्मेदवारी सोमबार मात्रै दर्ता हुने बताए ।
आइतबार दिउँसो बस्ने गठबन्धनको बैठकमा देशभरिको तालमेलको अवस्था विश्लेषण गरेर उम्मेदवार तय गर्ने र उम्मेदवारी दिने गठबन्धनको तयारी छ । यता विवेकशील साझा लगायतका दलले भने आइतबार नै उम्मेदवारी दिने बताएका छन् । अन्य साना दलहरुले पनि आज उम्मेदवारी दर्ता गराउँदैछन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार