देशभर स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन सुरु, काठमाडौं महानगरमा यथार्थवादी पार्टी पहिलो
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार १७:४०:५७
११ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि देशभर उमेदवारी मनोनयन सुरु भएको जनाएको छ । आइतबार कार्यलय समयभित्र मनोनयन दर्ता गरिने छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज बिहान १० बजेदेखि मनोनयनपत्र दर्ता भइरहेको छ । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी मनोनय हुनेछ ।
काठमाडौं महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् । ३७ वर्षीय जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
७५३ स्थानीय तहमा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । आइतबार र सोमबारका लागि मनोनयनको समय तोकिएको छ ।
बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ ।
मनोनयनपत्र दर्ता भएका उमेदवारको सूची १२ गते प्रकाशन गर्ने, वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको कार्यतालिका छ ।
वैशाख १५ गते मनोनयन भएका उमेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उमेदवारले नाम फिर्ता लिने र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार