आजदेखि ठेकेदारहरुद्वारा काम बन्द, ३५ सय आयोजनाको निर्माण रोकियो
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार १८:१:५०
११ वैशाख, काठमाडौं । निर्माण समाग्रीको मुल्यबृद्धि लगायतका माग राखेर निर्माण व्यवसायीहरुले देशभरीका निर्माणका काम ठप्प पारेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार मुल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था आएपछि अनिश्चित कालसम्म ‘कन्सट्रक्सन होलिडे’ गरिएको हो ।
व्यवसायीले काम रोक्दा एकैपटक करिब ३ हजार ५ सयबढी निर्माणको काम भइरहेका साइटहरु बन्द भएका छन् । अत्यावश्यक ठाउँको निर्माण कार्य भने नरोकिने जनाइएको छ ।
महासंघले पेट्रोलियम पदार्थ, फलामजन्य निर्माण सामग्रीहरु छड, ग्याबिन तार, पाता, आइरन ब्लेड लगायतका विभिन्न निर्माण सामग्रीहरुको अप्रत्यासित रुपमा अत्यधिक मूल्य वृद्धि भएकाले पुल निर्माण, सडक कालोपत्रे, नदी नियन्त्रणबाहेकका ३५ सय आयोजनाहरुमा काम बन्द भएको जनाएको छ ।
२०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन नं.–१ जारी गरी निर्माण कार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यसपटक पनि मूल्य समायोजन मार्गदर्शन नं–२ जारी गर्न सरकारसंग व्यवसायीको माग छ । सरकारले माग सम्बोधन नगरेसम्म काम अगाडी नबढाउने महासंघले जनाएको छ ।
व्यवसायीले वृद्धि भएको मूल्यको क्षतिपूर्ति उठ्ने गरी एकमुष्ठ रुपमा ठेक्काहरुको मूल्य समायोजन गर्नुपर्ने माग गर्दै निर्माण सामग्रीहरुमा भएको अत्यधिक मूल्य वृद्धिको सम्बोधन नभएसम्म वा मूल्य वृद्धि नियन्त्रण भएर सामान्य अवस्था नभएसम्मको अवधिलाई ‘कन्स्ट्रक्सन होलिडे’ कायम रहेने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार