लमजुङमा एसइई दिने २६ परीक्षार्थी अनुपस्थित
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार १८:१९:२४
११ वैशाख, लमजुङ । यहाँ माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन आज २६ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा १६ र छात्र १० गरी २६ परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङले बताए ।
त्यस्तै आज ग्रेडवृद्धितर्फका पाँचमध्ये एक छात्र अनुपस्थित भएको उनको भनाइ छ । एसइईको पहिलो दिन शुक्रबार नियमिततर्फ १७ छात्रा र १० छात्र गरेर २७ विद्यार्थी अनुपस्थित भएका थिए । परीक्षामा जिल्लाभर १७ विद्यालयबाट परीक्षार्थी सामेल भएका छन् । जिल्लामा १८ परीक्षा केन्द्रमा यतिका सङ्ख्यामा विद्यार्थीले एसइई परीक्षामा सामेल रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङले बताए ।
नियमिततर्फ तीन हजार १२ र ग्रेड वृद्धितर्फ छ जनाले एसइईका परीक्षार्थीमध्ये परीक्षाको पहिलो दिन उक्त सङ्ख्यामा अनुपस्थित भएका हुन् । परीक्षामा सम्बन्धित विद्यालयका प्रधानाध्यपकलाई नै केन्द्रध्यक्ष तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार