एमाले अध्यक्ष ओलीको गृहनगर भत्काउन राप्रपा अध्यक्ष लिङ्देनले गरे गठबन्धनसँग तालमेल, दमकको मेयरमा थापा
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार १८:४७:१५
११ वैशाक दमक । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनसँग चुनावी तालमेल गरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगर झापाको दकम नगरपालिकामा चुनौति दिएका छन् । ओलीको निर्वाचन क्षेत्रमै राप्रपा बलियो मानिन्छ ।
राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपाले गठबन्धनको चुनावी तालमेलमा सहभागी बन्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीको गृहनगर दमकमा राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले नगर प्रमुखको टिकट पाएका छन् । राप्रपाले मेयरसहित दुई वटा वडाध्यक्ष पाउने सहमति भएको छ ।
नेपाली काँग्रेससहितको गठबन्धनबाट थापा नगर प्रमुखमा र माओवादी केन्द्रका नेता गगन पुरी उपप्रमुखको उम्मेद्वार बनेका छन् । यसभन्दा अघि भएको पहिलो स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा राम थापाले दोश्रो र गगन पुरीले तेश्रो स्थान पाएका थिए । नगर प्रमुखमा नेकपा एमालेका रोमनाथ ओली विजय भएका थिए ।
दमकमा राप्रपामा राजनीतिक हैसियत दोश्रो ठूलो दलको रहेको छ । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रले नगरपालिकामा कुनै पनि वार्डमा नजिते पनि राप्रपाले दुईवटा वडाध्यक्ष जितेको थियो । गठबन्धनले राप्रपालाई ती जितेका दुई वटै वार्ड छाडेको छ । वडा नं. १ र ७ राप्रपालाई नै छाडेको हो । ती दुई वार्डमा पुरानै वडाध्यक्ष उठ्दै छन् ।
राप्रपालाई प्रमुखसहित दुई वटा वडा, माओवादीलाई उपप्रमुखसहित दुई वटा वडा र काँग्रेसलाई छ वटा वडा तथा जसपा, नेकपा एकीकृत समाजवादीलगायतका दलहरुलाई वडा सदस्य तथा कार्यपालिकामा मनोनयन गर्ने गरी सहमति भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी
पुष १४, २०८१ आइतबार
रातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध, यात्रु सडकमै अलपत्र
पुष १५, २०८१ सोमबार
काठमाडौंको टुडिँखेलमा तमु ल्होसार (फोटो फिचर)
पुष १५, २०८१ सोमबार
फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
पुष १५, २०८१ सोमबार
वीरगन्जमा मालबाहक ट्रकबाट १६० केजी गाँजासहित दुई जना पक्राउ
पुष १५, २०८१ सोमबार
माधव नेपालसँग बामदेव गौतमले मागे कार्यकारी भूमिका, झलनाथपछिको वरियता
पुष १५, २०८१ सोमबार