कास्कीका चारवटै पालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार १९:६:३१
११ वैशाख, पोखरा । नेपाली कांग्रेसले सत्ता गठबन्धनअन्तर्गत कास्कीका चारवटै गाउँपालिका अध्यक्ष पाउने भएको छ । आइतबार बसेको सत्ता गठबन्धन बैठकले अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रकाे भागबन्डा मिलाएको हो ।
पोखरा महानगरपालिका भने एकीकृत समाजवादीले प्रमुख पाइसकेको छ । उपप्रमुखमा कांग्रेसको उम्मेद्वार हुनेछन् । जिल्ला समन्वय समिति प्रमुखमा माओवादीले पाउने निर्णय भएको गठबन्धनमा सहभागी एक सदस्यले बताए । अब दलहरूले आफ्नो तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछन् ।
जनता समाजवादी पार्टी भने कास्कीमा गठबन्धनबाट लगभग बाहिरिएको छ । प्रदेश उपाध्यक्ष हेमबहादुर थापाले मित्रवत् प्रतिस्पर्धा गरेर जान लागेको बताए । वडाहरूको समेत भागबन्डा लगभग टुंगिएको छ । तर सार्वजनिक भने गरिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार