२०२९ सालदेखि चुनाव नहारेका व्यञ्जनकारले फेरि दिए उम्मेदवारी
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार १९:२३:३२
११ वैशाख, काठमाडौं । लगातार स्वतन्त्र उम्मेदवारका रूपमा वडाध्यक्षमा निर्वाचित भएका नरसिंह व्यञ्जनकार स्थानीय तहको आगामी चुनावका लागि पनि उम्मेदवारी दिएका छन् ।
८१ वर्षीय व्यञ्जनकारले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले ललितपुर–१० को वडाध्यक्षमा पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
व्यञ्जनकारले अहिलेसम्म कुनै चुनाव हारेका छैनन् । पहिलो पटक चुनाव लड्दा तत्कालीन ललितपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा उनले कांग्रेस उम्मेदवारलाई हराएका थिए । २०२९ मा ललितपुर नगरपालिका वडा नम्बर १ बाट अध्यक्षमा जितेका थिए ।
गत चुनावमा भने व्यञ्जनकारले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्मलाल व्यञ्जनकारलाई ९७ भोटले हराएका थिए । नरसिंहले ६ सय ९१ मत ल्याए भने कर्मलालले ५ सय ९४ र एमालेका कुलबहादुर आचार्यले १ सय ८७ मत ल्याएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार