दाङमा एमालेले टुंग्यायो उम्मेदवारहरुको नाम
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार १९:२९:२२
११ वैशाख, दाङ । नेकपा एमाले दाङले जिल्लाका सबै स्थानीय तहका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । घोराही उपमहानगरको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
चौधरी ०७४ को स्थानीय तहको निर्वाचनमा घोराहीकै मेयरमा विजयी भएका थिए । उनलाई पार्टीले पुनः मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बबई गाउँपालिकको अध्यक्षका लागि भुवनेश्वर पौडेल र उपाध्यक्षका लागि साबित्रा विश्वकर्मा उम्मेदवार भएका छन् । दुवै जना अघिल्लो ०७४ को निर्वाचनमा एमालेबाटै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए ।
शान्तिनगर गाउँपालिकामा अध्यक्षका लागि विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी, दंगीशरण गाउँपालिकामा अध्यक्षका लागि एमएन शाह र उपाध्यक्षका लागि बुधनी चौधरी, राप्ती गाउँपालिकाको अध्यक्षमा जगत पोखरेल र उपाध्यक्षमा कलापति चौधरी उम्मेदवार बनेका छन् ।
त्यस्तै तुलसीपुरमा टीकाराम खड्का मेयर र स्यानी चौधरीलाई उपमेयरमा उम्मेदवार उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यसैगरी लमही नगरपालिकामा मेयरमा डन्डीराम चौधरी र उपमेयरमा शुशिला शर्मा उम्मेदवार बन्ने भएका छन् ।
गढवा गाउँपालिमा अध्यक्षका लागि सहजराम ऐर र उपाध्यक्षका लागि सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्षका लागि कुलराज गिरी र उपाध्यक्षका लागि सीता यादब, बंगलाचुली गाउँपालिमा अध्यक्षका लागि भेषराज खत्री र उपाध्यक्षका लागि सरस्वता घर्ती उम्मेदवार उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमाले दाङले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार