सुन चोरेको भिडियो बाहिरिएपछि पौडेलले भने,‘मेरो चरित्र हत्या गरियो, म खण्डनसमेत गर्दिनँ’
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार १९:३५:२७
११ वैशाख, पोखरा । नेकपा एमालेको तर्फबाट पोखराको मेयरको टिकट पाएका दीपक पौडेल अहिले आलोचित भएका छन् । केही वर्षअघि पोखराकै एक सुन पसलबाट उनले सुनको औंठी चोरेको सिसीटीभी फुटेज बाहिरिएपछि आलोचित भएका हुन् ।
पौडेलको उक्त गतिविधिको भिडियोसहितको विरोध एमालेकै नेता कार्यकर्ताले समेत गरेका छन् । उनीहरूले पार्टीबाट यसको स्पष्टीकरण खोजेका छन् भने उम्मेद्वार फेर्नसमेत दबाब दिएका छन् ।
तर, मेयरका उम्मेद्वार पौडेलले आफ्नो चरित्र हत्या गर्नका लागि भिडियो बाहिर ल्याएको प्रतिक्रिया दिएका छन् । ‘यो भएकै थिएन । मेरो चरित्र हत्या गर्न भ्रामक कुरा बाहिर ल्याइयो,’ उनले न्युज कारखानासँग भने, ‘यस्ता कुराको म खण्डनसमेत गर्दिनँ । गर्नपरे पार्टीले गर्छ । साथीहरू लागिरहनु भएको छ ।’ उनले त्यस्तो घटना कहिलै नभएको दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार