डोटीमा १,७४० निर्वाचन जनशक्ति खटिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार २०:१८:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/aaaa_z2cW7ebcI4.jpg)
– विमलबहादुर विष्ट
११ वैशाख, डोटी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोटीमा एक हजार ७४० जनशक्ति परिचालन गरिने भएको छ ।
डोटी जिल्ला निर्वाचन कार्यालयले नौ वटै स्थानीय तहको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक,सहयोगी र अन्य गरी एक हजार ७४० जना जनशक्ति परिचालन गर्न लागेको हो ।
मतदान केन्द्रमा जनशक्ति परिचालन गर्ने प्रयोजनका लागि कर्मचारीको विवरण सङ्कलनको काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन अधिकृत दलबहादुर मलासीले जानकारी दिए। उनका अनुसार जिल्लामा वैशाख २७ गतेभित्र मतदान अधिकृत तथा सहायक मतदान अधिकृत नियुक्त गरेर मतदान स्थलमा खटाइसक्ने गरी तयारी भइरहेको छ । स्थानीय तह निर्वाचनका लागि डोटीमा ११५ मतदान स्थल र १७१ मतदान केन्द्र निर्धारण गरिएका छन् ।
यस जिल्लामा निर्वाचन सम्पन्न गर्न १७१ मतदान अधिकृत तथा १७१ सहायक मतदान अधिकृत खटिने भएका छन् । निर्वाचनका बेला यहाँका नौ वटै स्थानीय तहमा ठाउँ, समय र परिस्थिति अनुसार थप कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक शंकरबहादुर विष्टले बताए ।
उनले भने – “भौगोलिक रुपमा टाढा रहेका र सुरक्षाका दृष्टिले केही मतदान केन्द्र र मतदान स्थलहरुमा केही बढी कर्मचारी खटाउने योजना छ, सुरक्षाकर्मी पनि ती क्षेत्रमा थपिने छन् ।” डोटीमा हाल एक लाख २४ हजार १४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोटीका प्रमुख मलासीले जानकारी दिए ।
यसैगरी, स्थानीय तहको निर्वाचनमा शान्ति र सुरक्षा प्रवन्धका लागि सरकारले सेना खटाउन स्वीकृति दिएसँगै डोटीमा पनि नेपाली सेना खटिएको छ । श्री नं ५ बाहिनी अड्डा दीपायल राजपुरका बाहिनीपति सहायक रथी मानबहादुर बोहराका अनुसार निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन र निर्वाचनका बेला हुनसक्ने आपराधिक गतिविधि रोक्न सेना परिचालन गर्न थालिएको हो । जिल्लाका नौ वटै पालिकामा रहेका निर्वाचन केन्द्रलाई लक्ष्य गरी सेनाको गस्ती र उपस्थिति रहने गरी परिचालन भएको बाहिनीपति बोहराले बताउनुभयो । उनले भने – “सबै मतदान केन्द्रमा सुरक्षा दिन सेनाको टोली खटाइएका छन् । स्थानीय प्रशासनसँग आवश्यक समन्वय गरेर सेनाले निर्वाचनका बेला सुरक्षा प्रवन्ध गर्नेछ ।”
जिल्लाका नौ वटै स्थानीय तहमा शान्ति र सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको हो । श्री नं ५ बाहिनी अड्डा, राजपुरका अनुसार पहिलो चरणमा यहाँका आदर्श र बडिकेदार गाउँपालिकामा सैनिक अधिकृतको नेतृत्वमा सेना परिचालन भएको र ती क्षेत्रबाट अन्य निर्वाचन केन्द्रमा सैनिक टोली खटिने भएको छ । निर्वाचनमा सुरक्षा दिन तोकिएको निर्देशनअनुसार जिल्लाका सबै निर्वाचन केन्द्रमा सेना परिचालन गरिने छ ।
प्रमुख जिल्ला अधिकारी विष्टको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिले पनि जिल्लाभर निर्वाचन प्रक्रिया अघि बढेसँगै सुरक्षा प्रदान गर्न आवश्यक सक्रियता बढाइसकेको छ ।
प्रजिअसहित यहाँका सुरक्षा हेर्ने सबै निकायले मतदान केन्द्रको निरीक्षण गरिसकेका छन् । स्थानीय प्रशासनले जिल्लामा रहेका कुल ११५ मतदान स्थलमध्ये नौ वटा मतदानस्थललाई अति संवेदनशील, ३० वटालाई संवेदनशील र ७६ वटालाई सामान्यमा वर्गीकरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले मतदाता, मतदान केन्द्र, मतपेटिकालगायत निर्वाचनका सबै क्षेत्र र तहको सुरक्षाका लागि नेपाल प्रहरी तयारी अवस्थामा रहेको बताए ।
उनले भने – “निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी तयारी अवस्थामा छ । शुक्रबारदेखि जिल्लाभर म्यादी प्रहरीसमेत परिचालन हुन्छ । अन्य सुरक्षा निकायसँग समन्वय गरेर हामी शान्ति र सुरक्षामा विशेष ध्यान दिन्छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसूति व्यथा लागेको १८ घण्टापछि उद्धार
माघ २४, २०८१ बिहिबार
रौतहटमा नेपाली सेनाद्वारा ७०० विपन्नलाई कम्बल वितरण
माघ १७, २०८१ बिहिबार
सेनाले भन्यो– कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्
माघ १३, २०८१ आइतबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार