कांग्रेस गर्यो पारदर्शीता र जवाफदेहितामा १० प्रतिबद्धता
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार २०:५०:३
११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले ८८ पृष्ठ लामो चुनावी घोषणापत्र सार्वजनिक गर्दै त्यसलाई कांग्रेसको संकल्प नाम दिइएको छ । उसले सार्वजनिक गरेको संकल्पमा पारदर्शीता र जवाफदेहितका लागि १० प्रतिबद्धता भने यस्ता छन् ।
१. नागरिक बडापत्र जारी गरी सेवाको सार्वजनिकीकरण गर्ने,
२. आयोजनाहरूको प्राथमिकीकरण र छनोटको सार्वजनिक सुनुवाइ गर्ने,
३. नीति, कार्यक्रम र योजनाको आवधिक रूपमा लक्ष्य तथा प्रगति प्रतिवेदन सार्वजनिक गर्ने,
४. आवधिक वित्तीय विवरणको सार्वजनिकीकरण गर्ने,
५. विकासको गुरुयोजनालगायत वार्षिक कार्यक्रम, बजेट एवं कार्यमूलक पक्षका विस्तृत विवरण पारदर्शी बनाउनका लागि औपचारिक संयन्त्रको विकास गर्ने,
६.जनप्रतिनिधि एवं नागरिक सम्मिलित एक अनुगमन संयन्त्र गठन गरी पारदर्शीता एवं जवाफदेहीता सम्बन्धमा अनुगमन गर्ने,
७. पारदर्शिता मापन र पालनाका लागि संयन्त्रको व्यवस्था गर्ने,
८. सक्रिय सुशासन तथा लेखा समिति, वित्तीय अनुसाशन कायम गर्ने,
९. नागरिकबाट प्राप्त गुनासा अभिलेखीकरण, कारबाही र व्यवस्थापन गरी त्रैमासिक प्रतिवेदन प्रकाशन गर्ने,
१०. आयोजना तथा कार्यक्रमहरूको सामाजिक परीक्षण गर्ने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार