राजस्व अनुसन्धान विभागद्वारा ३६ करोड विगो दाबीसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार २०:५९:५५
११ वैशख, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुवाहट गरेको आरोपमा पाँचजना विरुद्ध ३६ करोड रुपियाँ सजाय दाबीसहित मुद्दा दर्ता गरेको छ ।
शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट गर्ने मनसायले नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजस्व चुवाहट गरेको भन्दै विभागले दर्ता गरेको जनाएको छ । यी कम्पनीहरुले आय विवरणहरु तयार गरी मूल्य अभिवृद्धि कर नतिरेको दाबी विभागको छ ।
विभागले यी पाँचजना उपर ३६ करोड ११ लाख ३७ हजार २८६ रुपियाँ सजाय दाबीसहित मुद्दा दर्ता गरेको विभागका जनाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल स्थायी बसोबास गर्ने श्री शुभलक्ष्मी इन्टरनेशनल, गणपति ट्रेड लिंक, एच.बि.ट्रेड एण्ड सप्लायर्स र एम. के. इन्टरनेशनल कम्पनीबाट कारोवार गर्ने मनिषकुमार अग्रवालका नाउमा मुद्दा दर्ता गरेको छ ।
यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल स्थायी बसोवास गर्ने एचबि ट्रेड एण्ड सप्लायर्स, साझेदार तथा गणपति ट्रेड लिंक सञ्चालक र एम के इन्टरनेशनल कम्पनीका कारोबारमा संलग्न हितेषकुमार अग्रवाल, काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर ३ सितापाइला स्थायी बसोवास भई काठमाडौं महानगरपालिका १३ वाफल चंखुमार्ग बसोबास गर्ने एमके इन्टरनेशनलका सञ्चालक प्रमित महर्जन रहेको विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार