कांग्रेस असन्तुष्ट समूहबाट पौडेलले भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार २१:४२:२६
११ वैशाख, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको असन्तुष्ट समूहबाट पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उमेदवारी दिने भएका छन् ।
असन्तुष्ट पक्षका नेता कार्यकर्ताको पार्टी कार्यालय कमलनगर नारायणगढमा आज भएको भेलाले पौडेललाई कांग्रेसको तर्फबाट स्वतन्त्र उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । पौडेल राष्ट्रिय सभाका पूर्वसांसद हुन् ।
असन्तुष्ट नेता कार्यकर्ताले जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा यसअघि तालाबन्दी समेत गरेका थिए । स्वतन्त्र उमेदवारी घोषणा गर्ने कार्यक्रममा असन्तुष्ट कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला र टेकप्रसाद गुरुङ भने सहभागी भएनन् ।
पूर्वसांसद पौडेलले महानगरको मेयरमा आकांक्षासमेत राखेका थिए । पौडेललाई पार्टीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, निवर्तमान जिल्ला सभापति, क्षेत्रिय सभापति, तथा विभिन्न वडाका सभापतिहरूले समर्थन गरेको कांग्रेसका नेता उद्वव लोहनीले जानकारी दिए ।
उनलाई कांग्रेस महासमिति सदस्य मिना खरेलले प्रस्ताव तथा पूर्व सांसद भिमबहादुर श्रेष्ठले समर्थन गरेका थिए । मेयर उम्मेदवार बनेका नेता पौडेलले कांग्रेस बचाउनका लागि मेयरमा उम्मेदवारी दिन लागेको बताए । उनले भोलि दिउँसो १ बजे पार्टीको झण्डासहित भरतपुर चौविसकोठीबाट नेता कार्यकर्तासहित उम्मेदवारी दर्ता गराउने बताए ।
महासमिति सदस्य खरलले असल र इमान्दार कार्यकर्ताले नेतृत्वको गलत निर्णयका विरुद्ध बोल्न सक्नुपर्ने बताइन् । कांग्रेस पार्टी बचाउनका लागि आफुलाई नेतृत्वले कारबाही गरेपनि गलत निर्णयलाई गलत नै भन्ने उनले प्रष्ट पारिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार