घोषणापत्रमा नेकपा सरकारमाथि कांग्रेसका १४ आरोप
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार २२:२०:१०
११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र केपी शर्मा ओलीको नेतृत्वको सरकारमाथि १४ वटा आरोप लगाएको छ ।
घोषणापत्रमा कांग्रेसले नेकपा र ओली अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात रहेको जनाएको छ । ओलीले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि पनि आक्रमण गरेको आरोप कांग्रेसको छ ।
‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संस्थागत गर्न खोजेको अधिनायकवादी तथा सर्वसत्तावादी प्रणालीका लागि जनताका नैसर्गिक अधिकार र राजनीतिक स्वतन्त्रता सबैभन्दा प्रमुख अवरोधक थिए ।
त्यसैले प्रधानमन्त्रीको शपथग्रहण गर्नासाथ स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको प्रतीक र प्रतिविम्व माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेर अधिनायकवादी शासनको सूत्रपात गर्ने धृष्टता गरिएको थियो,’ घोषणापत्रमा उल्लेख छ । ओली नेतृत्वको सरकार सङ्घीयता विरोधी एकात्मक र नियन्त्रणकारी भएको कांग्रेसको ठहर छ ।
करिव ४२ महिनाको अवधिसम्म पनि सङ्घीय प्रणालीको भावना अनुरूप राज्य सञ्चालन नगरेको मात्रै होइन, प्रदेशको नाम र राजधानीका बारेमा समेत प्रदेश सभालाई हुकुमप्रमांगी शैलीमा आदेश जारी गरेपछि नेकपाको सङ्घीयताप्रतिको वास्तविक अनुहार पर्दाफास भएको कांग्रेसले जनाएको छ ।
ओलीले संवैधानिक निकायलाई कम्युनिस्टकरण गरेको निस्कर्ष कांग्रेसको छ । घोषणापत्रमा भनिएको छ, ‘सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चार माध्यमले तीव्र आलोचना गर्दा गर्दै विवादास्पद संवैधानिक परिषदसम्बन्धी अध्यादेशको आधारमा नियुक्ति गरेर संवैधानिक निकायलाई नेकपाको भर्तीकेन्द्र बनाइएको थियो ।’
संविधानको भावना तथा नेपाली नागरिकको चाहना विपरीत नागरिकतासम्बन्धी अत्यन्त अनुदारवादी र विभेदकारी विधयेक नेकपाको सरकारले दर्ता गरेको कुरालाई पनि घोषणापत्रमा समेटिएको छ ।
नेकपाको सरकारको पालामा देशमा कुशासन र भ्रष्टाचार व्यापक रुपमा बढेको आरोप कांग्रेसको छ । ‘वाइडबडी जहाज, सेक्युरिटी प्रेस सम्बन्धमा ७२ करोड कमिशन, ओम्नी, यतीलगायत भ्रष्टाचार र अनियमितताको लामो फेहरिस्त छ,’ कांग्रेसले भनेको छ ।
नेकपा सरकारले सार्वजनिक सम्पत्तिको लुटलाई पनि प्रशय दिएको आरोप कांग्रेसको छ । त्यतिमात्र होइन साँस्कृतिक अधिकार हनन गरी गुठीको जमीन भूमाफियाकरण गरेको समेत घोषणापत्रमा जनाइएको छ । कम्युनिस्ट सरकारले महामारीमा समेत कमिशन र भ्रष्टाचारलाई प्रशय दिएको ठहर कांग्रेसेको छ ।
ओलीले प्रतिनिधिसभा विघटन गरी लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र गरेको पनि कांग्रेसको निस्कर्ष छ । नेकपाले उत्ताउला ‘विकास’लाई प्राथमिकता दिएको आरोप कांग्रेसको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार