एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्ने ग्राहकलाई ५ हजारसम्मको विभिन्न मर्चेन्टहरुमा आकर्षक छुट योजना
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार २२:३६:५५
११ बैशाख, काठमाडौं । गतिशील बैंकिङकाे अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एनआईसी एशिया बैंकले अनलाईनमार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजारसम्म छुट उपलब्ध हुने योजना ल्याएको छ ।
जसअनुसार Daraz, Gyapu, Sastodeal, Bhojmandu, Food bite (Quikr), UG Bazar, Khaanpin जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं Taximandu, Yeti airlines, Sony LIV र Alt Balaji का अनलाईन प्लेटफर्ममार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा NIC ASIA MoBank मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।
यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटबाट अनलाईन खाता खोली उक्त खाता पूर्णरुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहकलाई एसएमएस वा इमेल मार्फत माथि उल्लेखित मर्चेन्टहरुद्वारा प्रदान गरिएको Promo code वा Discount link पठाउने व्यवस्था गरेको जनाएको छ । बैंकले पठाएको Promo code वा Discount link प्रयोग गरी ग्राहकले आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजना यही २०७९ आषाढ मसान्तसम्म लागू हुने बैंकले जानकारी दिएको छ । अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो ।
यो योजनाबाट लाभ लिनका लागि ग्राहकहरुले बैंकको वेबसाइट www.nicasiabank.com मार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाईन खाता खोल्ने व्यवस्था गरेको छ । यसरी अनलाईन खाता खोलेपश्चात् ग्राहकले आफुलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा गई KYC form भरी आफ्नो अनलाईन खाता पूर्णरुपमा सुचारु गर्नुपर्नेछ ।
हाल अनलाईन खाता खोल्ने प्रक्रिया चुनौतिपूर्ण रहेको अवस्थामा बैंकले अनलाईन खाता खोल्न थप सहज होस् भन्ने उद्देश्यले ग्राहकहरुलाई Missed call बाट नै सहज रुपमा खाता खोल्ने योजना ल्याएको छ । जसअनुरुप ग्राहकहरुले ९८०१२२७७५५ मा Missed call दिएपश्चात् निजले बैंकबाट अनलाईन खाता खोल्ने लिंकसहितको एसएमएस प्राप्त गर्नेछन् र बैंक प्रतिनिधिले समेत निजलाई सम्पर्क गरी अनलाईन खाता खोल्ने प्रक्रिया बारे विस्तृत रुपमा सहयोग प्रदान गर्ने व्यवस्था रहेको बताएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार