गठन लगत्तै संसदीय समितिले दियो महानगरका उम्मेदवार छान्ने अधिकार सभापति देउवालाई
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार २२:४१:११
११ वैशाख, काठमाडौं । उम्मेदवार छनोटमा सहमति नभएपछि नेपाली कांग्रेसको केन्द्रीय संसदीय समिति (बोर्ड) गठन भएको छ । आइतबार स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरिएलगत्तै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो । समितिमा १३ पदाधिकारीबाहेक रामचन्द्र पौडेललाई मात्र राखिएको छ ।
स्थानीय तह निर्वाचनमा महानगरपालिकाका प्रमुख र उपप्रमुखको टिकट वितरण गर्ने अधिकारप्राप्त संसदीय बोर्ड झन्डै अधिकांश टिकट वितरण गरिसकेपछि गठन भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार महानगरपालिकाकै टिकट टुंग्याउन नसकेपछि संसदीय समिति गठन गरिएको छ ।
कांग्रेसको. विधानानुसार महानगरको टिकट वितरण गर्न संसदीय समिति गठन गर्नुपर्ने हुन्छ । कांग्रेसको विधानानुसार केन्द्रीय संसदीय समिति २५ सदस्यीय हुन्छ । आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले केन्द्रीय संसदीय समिति गठन गर्ने प्रस्ताव गरेका थिए ।
विधानअनुसार पार्टी सभापति नै संसदीय समितिको सभापति र महामन्त्री संसदीय समितिको महामन्त्री रहने व्यवस्था छ । सभापतिले बढीमा ११ जना सदस्यलाई मनोनीत गर्न पाउने भएपनि देउवाले केन्द्रीय संसदीय समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममात्रै मनोनयनका लागि प्रस्ताव गरेका थिए ।
त्यसपछि लगत्तै केन्द्रीय संसदीय समितिको बैठकले ६ वटा महानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा पार्टीका उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई दिएको छ । सहमहामन्त्री जीवन परियारले संसदीय समितिको बैठकले उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई दिएको जानकारी दिए ।
विधानअनुसार संसदीय समितिले उम्मेदवारको टुंगो लगाएर केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्था छ । सभापति देउवाले तीन देखि उम्मेदवार छान्ने विषयमा शीर्ष नेताहरूसँग छलफल गर्दै आएका थिए । तर, आइतबारसम्म पनि त्यसको टुंगो लागेको छैन ।
उम्मेदवार चयनबारे पार्टीभित्र सर्वसहमति नहुने भएपछि संसदीय समितिले सभापति देउवालाई अधिकार दिएको हो । अब सभापति देउवाले नेताहरूसँग परामर्श गरेर उम्मेदवारको टुंगो लगाउने र मनोनयन पत्र दिने तयारी छ ।
स्थानीय तह निर्वाचनका लागि आइतबार देखि नै उम्मेदवारको मनोनयन सुरु भइसकेको छ । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल हुँदा कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको प्रमुख तथा भरतपुर, वीरगन्ज र पोखरा महानगरपालिकाको उपप्रमुख पद पाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार