नबिल बैंक र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाको प्रबर्द्धनका लागि सम्झौता, १० करोडसम्मको सुरक्षण प्रदान
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार २३:१४:३४
११ बैशाख, काठमाडौं । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रबर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी (LLG) सम्झौता भएको छ ।
वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको कार्यालय, मध्य बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरेका छन् ।
सो सम्झौताका मुख्य विशेषतामा कुनैपनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोष (CREF) ले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यस अन्तर्गत सुरुमा यस जमानतले रु. १० करोडसम्मको सुरक्षण प्रदान गर्नेछ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) को वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोष (CREF) ले UKAid को सहयोगमा सस्टेनेबल एनर्जी च्यालेन्ज फन्ड (SECF) को स्थापना गरेको छ । SECF ले नवीकरणीय ऊर्जा परियोजनाहरूलाई वित्तीय व्यवहार्यता र दिगो सञ्चालन सुनिश्चित गर्न वित्तीय र प्राविधिक सहायता प्रदान गर्दछ । यो सम्झौतासँगै बैंकले दिगो ऊर्जा स्रोतको प्रबर्द्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने उद्देश्य लिएको छ ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य तथा वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम तथा बैंकका उच्च पदस्त कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यो सम्झौतामार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने आशा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार