एमाले धमाधम उम्मेदवारी दर्ता गर्दै, गठबन्धन सिट बाँडफाँटमै अलमलियो
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार २३:१५:९
११ बैशाख, झापा । झापामा नेकपा एमालेले १५ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएर आइतबार अधिकांश स्थानीय तहमा उम्मेदवारी दर्ता गरायो । केही स्थानीय तहमा उम्मेदवारी टुंगो लगाए पनि सोमबार मात्र उम्मेदवारी दर्ता गर्नेछ ।
सबैले चासोका साथ हेरेको एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमाले केन्द्रीय सदस्य तथा हालकी उपप्रमुख गीता अधिकारीले नगर प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराइन् ।
गठबन्धनका दलले एमाले अध्यक्ष ओलीको गृहनगर भएका कारण पनि दमकमा चुनाव लड्ने योजना बनाएका छन् । दमकमा अघिल्लो स्थानीय तह निर्वाचनमा दोस्रो दलका रूपमा रहेको राप्रपालाई पनि सँगै लिएर जाने निणर्य गरेको छ । तर, राप्रपाले नगरप्रमुख पदको अडान छाडेको छैन ।
स्रोतका अनुसार जिल्लास्तरीय चार दलीय गठबन्धनले दमकमा माओवादीलाई नगरप्रमुख दिने टुंगो लगाएको छ । यो नगर प्रमुख पद राप्रपालाई दिएर गठबन्धन गर्दै अघि बढ्ने तयारी भइरहेको दमकका एक माओवादी नेताले जनाए ।
झापाका सबै स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाइसक्दा पनि सत्ता गठबन्धनका दलले भने सिट बाँडफाँटको काम पनि सकेका छैनन् । केही हप्ताभन्दा लामो समयदेखि निरन्तर सिट बाँटफाँटको प्रयासमा सक्रिय पाँच दलीय गठबन्धनले उम्मेदवारी मनोनयनको दिनसम्म पनि सिट बाँडफाँडको काम नसकेको हो ।
पाँच दलीय गठबन्धनभित्रै खटपट हुँदा भागबन्डा सकिएको छैन । नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धनका दलले अपमान गर्न खोजेको भन्दै एक्लै लड्ने बताउँदै आएको छ ।
आइतबार गठबन्धनका दलका कोही पनि उम्मेदवारले उम्मेदवारी दर्ता गराइनसकेको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिए । ‘गठबन्धनका दलका कोही उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छैनन् । भोलि मात्र गराउने हो,’ उनले भने ।
उनका अनुसार अझै सिट बाँडफाँटको काम सकिएको छैन । ‘सिट बाँडफाँटको काम सकिएको छैन । आज रातिसम्म भए पनि जसरी बाँटफाँटको काम सक्छौँ,’ उनले भने, ‘छलफल निरन्तर भइरहेको छ ।’
जिल्लाको गठबन्धनको दलले सिट बाँडफाँटको सिफारिसका लागि कांग्रेस सचिव हुमागाईंको संयोजकत्वमा चार सदस्यी कार्यदल बनाएको छ । कार्यादलमा केही समयदेखि निरन्तर छलफल भइरहेको छ । कार्यदलमा भएको छलफलमा केही दलले असन्तुष्टि पनि जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार