गठबन्धनलाई फाइदा पुर्याउन अन्तिम समयमा मतपत्र छाप्न खोजिँदैछः एमाले
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार २३:३४:४१
११ वैशाख, काठमाडौं । एमालेले ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा उम्मेदवारी परेका उम्मेदवारहरुको मात्रै चुनाव चिन्ह छपाउने निर्वाचन आयोगको निर्णय गठबन्धनका दलहरुलाई फाइदा पुग्ने आशयबाट प्रेरित भएको जनाएको छ ।
आयोगलाई एमाले कार्यालय सचिव भीष्म अधिकारीले पत्र लेख्दै निर्वाचन सुरु भइसकेपछि नियम परिवर्तन गर्न नहुने बताएका छन् । पत्रमा आयोगका सुत्रका अनुसार भनि प्रकाशित गरेको समाचार यदि साँचो हो भने अन्य पालिकाहरुको भन्दा भिन्न भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरुलाई मात्र फाइदा पुग्ने आशयप्रेरित छ, भनिएको छ ।
एमालेको पत्रमा भनिएको छ ‘हामी निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्तो कामहरु निर्वाचन आयोगबाट हुने छैन भन्ने कुरामा विश्वस्त छौं ।’
आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६ वटा महानगरपालिका र भक्तपुरका ४ वटा नगरपालिकामा उम्मेदवारी परेको उम्मेदवारको मात्रै चुनाव चिन्ह राखेर मतपत्र छाप्ने तयारीबारे आयोगको निर्णय भएको जानकारी गराएका थिए ।
‘प्रकाशित समाचारहरुले आम जनतामा गम्भीर प्रश्न उत्पन्न भएको हुँदा यसप्रति आयोगको ध्यानाकर्षण गर्दछौं’ पत्रमा भनिएको छ, ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको आयोगबाट कसैको दबाब/प्रभावमा नपरी मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको हो सोही बमोजिम नै व्यवस्था मिलाउनुहुन अनुरोध समेत गर्दछौं ।’ एमालेले आयोगको तयारी र गठबन्धन शीर्ष नेताहरुको अभिव्यक्ति मिल्दोजुल्दो भएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार