एसईई परीक्षामा तीन केन्द्राध्यक्षसहित ८० विद्यार्थी निस्काशित
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ सोमबार १:२९:४४
११ वैशाख, सिरहा । सिरहामा सञ्चालित एसईई अन्तर्गतको दोस्रो दिनको गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै तीन केन्द्राध्यक्षसहित ८० जना परीक्षार्थीलाई निस्काशन गरिएको छ । परीक्षामा चिट, फ्ल्याप र मोवाइल प्रयोग गरी परीक्षा अमर्यादित गरेकाले उनीहरुलाई निस्काशन गरिएको हो ।
सञ्चारकर्मीसहित जिल्ला अधिकारी र सुरक्षा निकायका टोलीले अनुगमन गर्ने क्रममा परीक्षार्थीहरुले अमर्यादित गतिविधि गरेको पाइएकोले निस्काशन गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जनाए ।
परीक्षालाई मर्यादा विपरीत कार्यगरेको भन्दै बस्तिपुर मावि लहान १३ केन्द्रबाट ३५, माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरीया थारुटोल मावि परीक्षा केन्द्रबाट २६ जना विद्यार्थी निस्कासन गरेको प्रमुख जिल्ला अधिकारी कवाडीले जानकारी दिए ।
जिल्ला अधिकारी कवाडीका अनुसार परीक्षार्थीले मोवाइल ह्वाट्सएप, फोटोकपी र चिट प्रयोग गरेकाले उनीहरुलाई आजको परीक्षाबाट निस्काशन गरेको जनाए ।
परीक्षाको मर्यादा कायम गर्न नसकेकाले तीनैवटै विद्यालका केन्द्राअध्यक्षहरु भोलिबाट परीवर्तन गरिने समेत कवाडीले जानकारी दिए । उनीहरुलाई आजको परीक्षाबाट मात्र निस्काशन गरिएको हो ।
यता माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारीका केन्द्राध्याक्ष राजेन्द्र प्रसाद यादवले परीक्षामा सुरक्षाकर्मीहरुले नै चिट पुर्याउने कार्य गरेर परीक्षालाई अमर्यादिन बनाएको आरोप लगाए ।
उनले भने, ‘एक जना प्रहरीबाट हामीले चि६ खोसेर त्यहाँ कार्यरत कमाण्डरलाई चि६ बुझायौं, तर त्यसको केहीवेरमै फेरी चिट कक्षाकोठामा पुग्यो।’ उनले हामीले परीक्षा मर्यादित बनाउन खोज्दा खोज्दै पनि सुरक्षाकर्मीकै असहयोगले यस्तो भएको हो ।
वस्तिपुर मा।वि परीक्षा केन्द्रमा देव आईडल आवासिय विद्यालय लहान, लिटिलस्टार आवासिय विद्यालय, न्यू मनकामना आवासिय विद्यालय, सगरमाथा माध्यमिक विद्यालय र राजाजी मा।वि।का विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् ।
त्यसैगरी, गोलबजार नपा ३ जमदहस्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पनि व्यापक फेटोकपी प्रयोग गरेर चिठ बनेको पाईएको छ। यस परीक्षा केन्द्रबाट परीक्षा सुरुभएको ३० मिनटभित्रै प्रश्नपत्र बाहिरिएको बताइएको छ। यस सम्वन्धमा छानविन गरिने सम्वन्धित निकायले जनाएको छ ।
यस केन्द्रमा धनगढीमाई नपा १० का सुनगाभा आवासीय मा।वि।, नमुना प्राविधिक मा।वि। गोलबजार, जेम्स अंग्रेजी वोर्डिङ स्कूल।, शुभ श्री आवासीय मा।वि र आईजेभीएम आवासीय मा।वि।को परीक्षा केन्द्र रहेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले विद्यार्थी निस्कासन भएको र केन्द्राध्याक्ष परीवर्तनबारे प्रमुख जिल्ला अधिकारीबाट जानकारी सहितको निर्देशन आएको जनाएको छ ।
यसवर्ष जिल्लाबाट एक सय ६२ विद्यालयका १० हजार ६ सय ४० जना छात्र–छात्रा एसईई परीक्षामा सहभागी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक: ५२.९१ प्रतिशत विद्यार्थी पास , ४७.०९ प्रतिशत फेल
साउन १८, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार