आइतबार काठमाडौं महानगरकको मेयरका लागि १६ जनाको मात्रै मनोनयन दर्ता
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ सोमबार २:४४:९
११ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि मनोनयनको पहिलो दिन आइतबार काठमाडौं महानगरपालिकाको मेयरका लागि १६ जनाले मात्रै मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय सभा गृहमा स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा ४ जना महिला र १२ जना पुरुषले मेयरका लागि उमेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठकाअनुसार पार्टीको प्रतिनिधित्व गर्दै ७ जनाले र स्वतन्त्र रूपमा ९ जनाले मनोनयन दर्ता गराएका छन् ।
उपमेयरका लागि १७ जनाले मनोनयन दर्ता गराएका छन् । यसैगरी वडाध्यक्षमा २३ जना र वडा सदस्यमा ७ जनाले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन तालिकाअनुसार भोलि ५ बजेसम्म उमेदवारको मनोनयन दर्ता हुने छ । वैशाख १३ विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार