अन्तिम सहमतिको प्रयास स्वरुप पाँचदलीय गठबन्धनको बैठक बस्दै
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १२:४६:२१
१२ वैशाख, काठमाडौं । अन्तिम सहमतिका लागि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । पाँच दलमा सहमति जुट्न नसकेपछि आइतबार पहिलो दिन सत्तागठबन्धनका तर्फबाट उम्मेदवारी परेका छैनन् ।
आइतबारको शीर्ष नेताको बैठकले विवाद रहेका जिल्लामा सिट बाँडफाँडका लागि सोमबार बिहानसम्म अन्तिम कोसिस गर्ने निर्णय गरे अनुसार सोमबार पनि छलफल हुन लागेको हो ।
बिहान ८ बजे अध्यक्षहरू बसेर बाँकी विवाद मिलाउन अधिकतम कोसिस गर्ने र समझदारीलाई सबै पक्षले इमानदारीसाथ पालना गर्न लगाउने तयारी गठबन्धनको छ ।
आजको बैठकमा आइतबार साँझसम्म जिल्ला–जिल्लामा बनेको सहमतिबारे संयन्त्रका नेताहरूले शीर्ष नेतालाई ब्रिफिङ गर्नेछन् । आइतबार साँझसम्म गठबन्धनमा ७५ प्रतिशतसम्म ठाउँमा सहमति जुटिसकेको बताइएको छ ।
पहिलो दिन थोरै ठाउँमा मात्रै उम्मेदवारी दर्ता गर्ने अवस्था बन्यो । सोमबार आ–आफ्नो ढंगले सबैतिर उम्मेदवारी दर्ता हुनेछ । गठबन्धनमा थप छलफलको निष्कर्षका आधारमा सोमबार उम्मेदवारी तय हुनेछ ।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले सहमतिअनुसार नै सोमबार उम्मेदवारी दिइने बताए । ‘गठबन्धन दलबीच १२ गते नै उम्मेदवारी दिने भन्ने सहमति हो । त्यसैकारण पहिलो दिन गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छैन ।
एकाध ठाउँमा उम्मेदवारी दर्ता भएको हुन सक्छ,’ उनले भने, ‘गठबन्धन दलमा तालमेल गरेर उम्मेदवारी टुंगो लगाउने विषयमा अझै देशका विभिन्न स्थानमा छलफल भइरहेको अवस्था छ । सोमबार मनोनयन दर्ता हुनुअघिसम्म यी विषय टुंगो लागिसक्छ ।’
सोमबार बिहानसम्म ती सबैको टुंगो लागिसक्छ । केही स्थानमा समस्या देखिएमा र उम्मेदवारी फिर्ता लिने समयसम्म प्रयास जारी रहनेछ । र सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित
पुष १८, २०८१ बिहिबार
एमाले सचिवालय बैठक सुरू
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
न्यु अर्लिन्स आक्रमणप्रति विश्वव्यापी निन्दा र समवेदना
पुष १८, २०८१ बिहिबार
आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र
पुष १८, २०८१ बिहिबार
सन् २०२४ मा एक लाख ३५ हजारभन्दा बढीले मुस्ताङ घुम्ने
पुष १८, २०८१ बिहिबार
पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा
पुष १८, २०८१ बिहिबार