आज उम्मेदवारी मनोनयन दर्ताको अन्तिम दिन, उम्मेदवारको नामावली प्रकाशन पनि आजै
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १३:२:३०
१२ वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी दलहरुलाई उम्मेदवारको मनोनयन दर्ताका लागि दिएको समय आज साँझ ५ बजे सकिँदैछ । आइबार र सोमबार गरी दुई दिन मनोनयन दर्ताको समय दिइएको भएपनि आइतबार थोरैले मात्र दर्ता गराएका छन् ।
मनोनयन दर्ताको अन्तिम समयमा आइपुग्दा पनि दलहरुले उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेका छैनन् । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले अझै सम्म उम्मेदवार टुंग्याउन सकेको छैन ।
आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पु¥याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ ।
७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष र सदस्य पदका लागि मनोनयन हुनेछ । मनोनयन दर्ताको काम सकिएपछि आजै साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
साना दल र केही स्वतन्त्र उम्मेदवारहरूले आइतबार नै उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आइतबार १०५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर, ठूला दलहरूमा आन्तरिक किचलो र गठबन्धनमा भागबन्डा नमिलेका कारण पहिलो दिन उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।
उम्मेदवारी दर्ताका क्रममा आचारसंहिताको पालनामा आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ । तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन १० हजार ५३३ जना उम्मेदवारले मनोनयन दर्ता भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार