निर्वाचन आयोगले विभिन्न दलले पेश गरेको समानुपातिक बन्दसूची संशोधन गर्दै
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १६:५९:१५
१२ वैशाख, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा सहभागी विभिन्न राजनीतिक दलले पेश गरेको समानुपातिक प्रणालीतर्फको बन्दसूची संशोधन गर्ने भएको छ । आयोगले दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ पेश गरेको बन्दसूचीबाट नाम हटाउन अनुरोध गरेकाले यस्ता नाम हटाउने भएको हो ।
समानुपातिकको बन्दसूचीमा रहेकाहरुको नाम नहटाएसम्म उनीहरु स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुन नपाउने व्यवस्था छ । समानुपातिक सूचीमा रहेका तर स्थानीय तहमा उम्मेद्वारी दिन रुचि देखाएकाहरुका लागि दलहरुले बन्दसूचीबाट नाम हटाइदिन निर्वाचन आयोगमा अनुरोध गरेका थिए ।
निर्वाचन आयोगका अनुसार, आइतबार अपरान्हसम्म विभिन्न १३ दलले पटक–पटक गरी सूचीबाट उम्मेद्वारहरुको नाम हटाउन अनुरोध गरेकाले नाम हटाउने निर्णय गरेको आयोगले जनाएको छ । बन्दसूचीबाट नाम हटेपछि मात्रै उनीहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार