‘ए मेरो हजुर ४’ ले एक हप्तामा कमायो ४ करोड १ लाख
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १७:४४:५
१२ वैशाख, काठमाडौँ । झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ४’ बिहीबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ। वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्मले पहिलो साता ४ करोड १ लाख रुपैयाँ कमाइ गरेको छ।
वितरक गोविन्द शाहीका अनुसार फिल्मले पहिलो सातामा ४ करोड १ लाख कमाएको हो। ‘ अहिले पनि ए मेरो हजुर ४ को शो राम्रो गइरहेको छ। दोस्रो सातामा प्रवेश गर्दा फिल्मको शो अझै बढेको छ। फिल्मले पहिलो साता ४ करोड १ लाख कमाएको छ’, उनले भने।
बिहीबार निर्माण समूहले फिल्मको एक हप्ते कमाइ रिपोर्टको एक पोस्टर समेत सार्वजनिक गरेका छन्। फिल्मले पहिलो दिन ८८ लाख, दोस्रो दिन ६६ लाख, तेस्रो दिन ८९ लाख, चौथो दिन ४५ लाख, पाँचौं दिन ४१ लाख, छैटौं दिन ३६ लाख र सातौं दिन ३६ लाख कमाइ गरेको छ।
सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको कथा निर्देशक झरना थापाले लेखेकी हुन् भने पटकथा र संवाद लेखनमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार