सुस्ताउँदै सिरुबारीको होमस्टे व्यवसाय
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १७:४३:१८
♦ प्रकाश डोटेल
११ बैशाख, स्याङ्जा । नेपालकै पहिलो नमुना होमस्टे (घरबास) संचालित पर्यटकीय गाउँ सिरुबारी पछिल्लो समय सुस्ताउन थालेको छ । सिरुबारी छाडेर अधिकांश स्थानीय बेलायत, हङकङ, भारत र छिमेकै सुविधा सम्पन्न सहर पोखरा जान थालेपछि सिरुबारीको पर्यटकीय गतिविधि सुस्ताउन थालेको हो ।
श्रम गर्न सक्ने युवाहरु रोजगारीका लागि बिदेश जाने र गाउँ छोड्ने देशका अन्य गाउँघर जस्तै सिरुबारीमा युवा जनशक्तिको अभाब बढ्दो छ । गाउँमा श्रम गर्न नसक्ने उमेर पुगेका पाका मानिस मात्रै छन् । ४३ घर परिवार मध्ये ३५ घरबाट शुरु भएको होमस्टे व्यवसाय १९ घरमा सिमित हुन पुगेको छ । झण्डै एक दर्जन घर त रित्तो भईसकेका छन् ।
“शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभुत आवश्यकता र समयानुकुल सुविधाको खोजिमा गाउँ छाड्नेलाई रोक्न सकिएको छैन् ।” स्थानीय पर्यटन विकास समितिका संयोजक जुम गुरुङ्ले भने, “शिक्षा, स्वास्थ्य, सडकको स्तरोन्नति गर्दै गाउँको प्रबद्र्धन गरी गाउँका मान्छेलाई गाउँमै रोक्ने र बाहिर गएकालाई गाउँमै फर्काएर केही गर्न सक्ने वातावरण बनाउन खोजिएको छ ।”
स्थानीय अगुवा तथा पूर्वसांसद क्याप्टेन रुद्रमान गुरुङको अगुवाईमा २०५४ सालमा घोषणा भएको पहिलो होमस्टे गाउँ सिरुबारीमा ४३ घर मध्ये पछिल्लो समय झन्डै ३० घरमा मात्रै मान्छे बस्ने गरेका छन् । युवा जनशक्तिको अभाबमा पछिल्लो समय १९ घरमा सिमित होमस्टे व्यवसाय सञ्चालनमा रहेको छ ।
सन् २००१ मा प्रशान्त एशिया ट्राभल एसोसिएशन (पाटा) अवार्ड समेत जित्न सफल सिरुबारीमा ३५ घरमा होमस्टे सञ्चालन थियो । २०५९ देखि २०६३ को सयममा आवासिय सुविधा सहित गोर्खा पूर्वसैनिकलाई बेलायतले लगेपछि गाउँ खाली हुनेमात्रै होइन होमस्टे व्यवसाय सुस्ताएको हो । श्रमको अभाबमा अर्गानिक उत्पादन हुन छाडेपछि गाउँमै सिमित उमेर पुगेका बुढाबुढीलाई होमस्टे नै बन्द हुने होकी भन्ने चिन्ता थपिदै गएको छ ।
होमस्टे गाउँ सिरुबारीकै चिन्ताले अभियान्ता क्याप्टेन रुद्रमानकी बुहारी ३ वर्षदेखि गाउँमै बसेर नेतृत्व गर्दै होमस्टे चलाउँदै आएका छिन् । “केहि वर्षदेखि पोखरामै बस्दै आएका थिए, गाउँमै सम्भावना देखेकाले र नेतृत्व लिनुपर्छ भनेर गाउँ आएकी छु ।” उर्मिला गुरुङले भनिन्, “गाउँ आएसँगै जागँर बढेको छ, आफ्ना र गाउँका लागि केहि नमुना काम गर्न सकिन्छ भन्ने आँट पलाएर पनि आएको छ ।”
गाउँ पुग्ने पाहुनालाई स्वागत सत्कार तथा सांस्कृतिक कार्यक्रमको नेतृत्व अहिले उनै उर्मिलाले गर्दै आएकी छन् । गाउँबाट युवा शक्ति पलायन हुदै जानु र गाउँमै सुविधा नहुनेले घटेको गाउँको महत्व बढाउने गरी काम गर्ने बेला आएको उनले सुनाईन् ।
सुविधालाई गाउँ घरसम्मै पु¥याएर पलायन रोक्ने, बाहिरबाट गाउँ भित्राउने आफूहरुको योजना रहेपनि स्थानीय गाउँपालिकाले सहयोग नगरेको स्थानीयको बुझाई छ । जबसम्म गाउँमै अत्यावश्यकता पुरा गर्न सकिदैन् तबसम्म गाउँलेहरु सुविधा खोज्दै सहर जान खोज्नेलाई रोक्न नसकिने उनीहरुको निष्कर्ष छ ।
आवश्यक जनशक्तिको अभाबमा थलिन थालेको होमस्टे व्यवसाय करिब २ वर्ष त कोरोनाका कारण पूर्ण रुपमा ठप्प रहेको अध्यक्ष गुरुङ्ले बताए । पछिल्लो ६ महिनदेखि पुनः संचालनमा आएको होमस्टेमा महिनाको झण्डै ३ हजारको हाराहारीमा पाहुना आएपछि उर्जा थपिएको उनले सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार