कांग्रेसभित्र मिल्यो भागबण्डा, महानगरमा सिंह, महर्जन र कोइराला उम्मेदवार
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १७:५९:२७
१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले तीन वटा महानगरपालिकामा मेयर पदका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले काठमाडौंको मेयरमा सिर्जना सिंह, विराटनगरको मेयरमा नागेश कोइराला र ललितपुरको मेयर चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काठमाडौं महानगरमा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह पत्नी सिर्जना सिंहलाई उम्मेदवार बनाइएको छ भने ललितपुरमा देउवा पक्षका चिरिबाबु महर्जन र विराटनगर महानगरमा शेखर कोइराला पक्षका नागेश कोइरालालाई उम्मेदवार बनाइएको छ ।
आइतबार बसेको संसदीय समितिको बैठकले उम्मेदवार छान्ने जिम्मा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको थियो । सभापति देउवाले नेताहरूसँगको परामर्शमा सोमबार विहान उम्मेदवारको टुंगो लगाएका हुन् । काठमाडौंमा सिंहलाई उम्मेदवार बनाउन पहिल्यै नेताहरू सहमत भइसकेका थिए ।
नेताहरूबीच विराटनगरको मेयर उम्मेदवार कसलाई बनाउने भन्नेमा विवाद थियो । अन्ततः सभापति देउवाले कोइरालालाई मेयर पदको टिकट दिएका हुन् । कोइरालालाई मेयर पदको उम्मेदवार बनाउन नेता शेखर कोइरालाको जोड थियो ।
सभापति देउवाले भने आफूनिकट केन्द्रीय सदस्य अमृत अर्याल वा संघीय सांसद् समेत रहेकी केन्द्रीय सदस्य डिला संग्रौलालाई मेयर पदको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए । मेयर उम्मेदवार बनेका कोइराला पार्टी मोरङ उपसभापति हुन् ।
त्यस्तै, ललितपुर महानगरपालिकामा भने कांग्रेसले पुनः चिरिबाबु महर्जनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी यसअघि पनि मेयर नै थिए ।
ललितपुर र विराटनगरमा गत चुनावमा कांग्रेसले एक्लै चुनाव जितेको थियो । तर, यसपटक सत्ता गठबन्धनमा चुनावी तालमेल गर्दा कांग्रेसले विराटनगरको उपमेयर जसपालाई दिएको छ भने ललितपुरको उपमेयर माओवादी केन्द्रलाई दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार