उपमेयर दिएर भरतपुरमा एमाले गर्यो राप्रपासँग तालमेल
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १८:३०:२५
१२ वैशाख, चितवन । नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई उपमेयरसहित दुई वडा दिएर भरतपुर महानगरपालिकामा चुनावी तालमेल गरेको छ । महानगरको मेयरमा एमाले र उपमेयरमा राप्रपाले उम्मेदवार उठाउने गरी दुई पार्टीबीच सहमति भएको हो ।
भरतपुरमा एमालेले मेयरमा उठाएको व्यक्तिलाई राप्रपाले समर्थन गर्ने र उपमेयरमा राप्रपाले उम्मेद्वार उठाउने सहमति भएको हो । त्यस्तै वडा नम्बर १५ र २६ को वडाध्यक्ष पनि राप्रपाले पाउने भएको छ । ४,११,१६,१९ र २४ नम्बर वडामा दुवै पार्टीका उम्मेद्वार रहने र मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको छ ।
सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा माओवादीकी रेनु दाहाल उठ्ने पक्का भइसकेको छ । त्यस्तै कांग्रेसले उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । अधिकारी महानगर कार्यसमितिका सभापतिसमेत हुन् । भरतपुरको मेयर माओवादीलाई दिएको भन्दै चितवन कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार