अवसानको बाटोमा नेपाली कांग्रेस
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १९:२३:२७
नेपालको राजनीति सङ्गलिने भन्दा पनि अझै धेरै धमिलिने अवस्था सृजना हुँदै गैरहेको देखिदै छ । मुलुकले आवधिक रुपमा सम्पन्न गर्ने निर्वाचनमा नागरिकले आफुले चाहेको दल र ति दलका भरपर्दा र विश्वाशिला उम्मेदवारहरुलाई मतदान गरि जनताका प्रतिनिधि बनाउन पाउने अधिकार स्वयं राजनीतिक दलहरुले खोसिरहेको अवस्थाले नागरिकहरुमा दल प्रतिको बिश्वास समेत बिस्तारै घटदै जान थालेको देखिदैछ ।
दलीय ब्यवस्थामा निर्दलिय चरित्र प्रस्तुत गरिरहेका वर्तमानका नेपालका राजनीतिक दलहरुबाट अब नेपाली जनताले परिवर्तनको खाँसै ठूलो अपेक्षा राख्न समेत छोडिसकेका छन् ।
नेपालको राजनीतिक आरोह अबरोहहरुमा अग्रस्थानमा देखिएको नेपाली कांग्रेस पनि अहिले आएर कसैको बैशाखी बिना हिडन त के उभिन समेत नसक्ने अवस्थामा पुगेको देखिदैछ । आम नेपाली जनता र पार्टीका नेता तथा कार्यकर्ताहरुको चर्को दवावका बावजुत कांग्रेसको नेतृत्व तहमा बसेका केहि ब्यक्तिहरुको स्वार्थ पूर्तिका लागि र बिगत चौधौ महाधिबेशनमा दिईएका आश्वासन पुरा गराउनकै लागि मात्रै नेपाली कांग्रेसको वर्तमान नेतृत्व सिंगो नेपाली कांग्रेसलाई बिषर्जनको बाटो तर्फ अगाडि बढाई रहेको देखिन्छ । यसले नेपाली कांग्रेसका तल्लो तहका तमाम नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकहरुमा गहिरो चोट र आघात पुर्याएको छ ।
जनताको बिश्वास र जनताको मत बेगर जतिसुकै गँठगोड, गठबन्धन र समिकरण गरे पनि केहि हुनेवाला छैन भन्ने सामान्य हेक्का समेत नराखेका नेपालका राजनैतिक दलहरुका दिवास्वप्ना पनि आगामी बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनले देखाई दिनेछ भन्ने कुरा आम नागरिकहरुका बिचमा अहिले चर्चा हुने गरेको देखिन्छ ।
देशलाई मिलिजुली लुटेर खान पल्किएका ब्वाँसाहरुबाट मुक्ति पाउने पहिलो र आधिकारिक निकाय भनेकै निर्वाचन हो र यहि निर्वाचनका माध्यमबाट यस्ता अपराधिहरुलाई नेपाली जनताले मन र मुटु दह्रो बनाएर बिस्थापित गर्नु पर्छ भन्ने आम नागरिकहरुको धारणा बन्दै गैरहेको बर्तमान परिप्रेक्षमा ‘हरुवा गोरुको छेरुवा दाउ’ झै गरि गठबन्धनका नाममा जनता झुक्याएर फेरी पनि सत्ता आरोहणको सिढी चढन लालायितहरुलाई अब रोक्नु पर्छ भन्ने दृढ शंकल्प समेत गर्न नेपाली नागरिकहरु आतुर रहेका देखिन्छन् ।
नेपाली जनता कसैका दास होईनन, उनिहरु सार्वभौम देशका स्वतन्त्र नागरिक हुन भन्ने कुराको सामान्य पनि हेक्का नराखी केबल मन भित्र गलत कृयाकलापहरुको मनसाय बोकी आफ्ना अगाडि अर्काले पस्किदिएको भाग खान पल्केकाहरुबाट केबल आफ्नो निहित स्वार्थ पुरा गराउन अहिले ईमान्दार नेता तथा कार्यकर्ताहरु माथि कार्वाहिको नाङ्गो नाँच देखाउन बाध्य भएको देखिदैछ ।
आफु गलत निर्णय गर्ने अनि गलत निर्णयलाई मान्न आम कार्यकर्तालाई बाध्य बनाउने गलत नेतृत्वको भण्डाफोर गर्न अहिले देशै भरि अभियानहरु शुरु भैसकेको अवस्थामा कार्वाहि गर्न अग्रसर हुने नेता नै जनताको कार्वाहिको दायमा पर्ने अवस्था सृजना हुँदै गैरहेको छ । ईमान्दार र त्यागी नेता तथा कार्यकर्ताहरुलाई कार्वाहिको प्रकृया जसले अगाडि बढाउँछ त्यहि नेता अब अबसानको बाटोमा गयो भन्दा अब फरक पर्नेवाला छैन ।
अब नेपाली कांग्रेसका कुनै पनि ईमान्दार नेता तथा कार्यकर्ताहरुले डराउनु पर्नेवाला छैन । अब देशमा सबल र सक्षम नेतृत्व आउनेवाला छ । पार्टीमाथि अनावश्यक दवाव दिने र गलत निर्णय गर्न बाध्य बनाउनेवाला दण्डित हुनेवाला छ । जनताको मताधिकारको परिणामले यसलाई बैधानिकता दिनेछ । यसपछि कांग्रेसमा शुद्धिकरण र सुदृढिकरणको अभियान शुरु हुनेवाला छ । सरसफाई अभियानले फोहोर मैला र दाग हटाउने निश्चित प्रायः देखिन्छ ।
देशै भरि डबल क्रियाशिल सदस्य थपेर दश लाख भन्दा बढी कृयाशिल सदस्यता पुर्याएको नेपाली कांग्रेसले समेत एक्लै निर्वाचन लडन नसक्ने अवस्थामा पुग्नु भनेको देशमा दलीय ब्यवस्था प्रति जनताको अबिश्वासमा बृद्धि हुनु हो भन्ने कुरामा अब दुई मत रहेन । राजधानीमा बसेर र भ्रष्ट, कालोबजारी, ठेकेदारसँग अनैतिक लगठगाँठो कसेर पटक पटक नेतृत्व मात्रै हत्याउन सफल नेतृत्वको यस्तो नामर्दीपनको पराकाष्टाले अबको नेपाली कांग्रेसको भविष्य कति सुरक्षित होला ? भन्ने गहन प्रश्न समेत उठाएको छ । यस्ता दुरगामी असर पार्ने बिषयहरुमा अब पनि अशल र ईमान्दार नेता तथा कार्यकर्ताहरुले प्रश्न नउठाउने हो भने नेपाली कांग्रेस अवसानको बाटोमा जाने निश्चित छ ।
बैचारिक रुपमा आन्तरिक प्रतिस्पर्धालाई समेत ईगो बनाएर घर डढाएर खरानी बेच्नेहरुका बिरुद्ध अब चर्को आवाज उठाउन जरुरी छ । पार्टी नेतृत्वका निरन्तरका गलत रबैया र स्वेच्छाचारी निर्णहरु अब पार्टीका तल्लो तहका नेता तथा कार्यकर्ताहरुले स्विकार्न बाध्य हुने छैनन भन्ने हेक्का राख्न समेत नेपाली कांग्रेसको बर्तमान नेतृत्वलाई चुनौती दिन चाहान्छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार