गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह, निर्णय अनुसार मनोनयन गर्न निर्देशन
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १९:५२:१८
१२ वैशाख, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका छन् । बैठकले देशभरका स्थानीय तहमा पाँच दलीय गठबन्धनलाई एक ढिक्का राख्न अन्तिम समयसम्म कसरत गर्ने निर्णय गर्दै यस्तो आग्रह गरेको हो ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले देशभरका स्थानीय तहमा सकेसम्म सहमति गरेर गठबन्धनका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ ।
गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको विषयमा केन्द्रबाटै तालमेलको निर्णय गरेपनि नगरपालिका र गाउँपालिकाको हकमा भने देशभरि धेरै ठाउँमा गठबन्धन हुन नसकेको नेताहरुको भनाई छ ।
बैठकले देशभर उम्मेदवारको मनोनयन दर्ता गर्दा गठबन्धनको निर्णयअनुसार गर्न सबै दलका आ–आफ्ना संयन्त्रमार्फत् निर्देशन दिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकमा पाँच दलको भावना र मर्म अनुसार अगाडि बढ्ने र कतै आन्तरिक केही असमझदारीहरु छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने निर्णय भएको मन्त्री कार्कीले बताए ।
उनले भने, ‘जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरुलाई अगाडि बढाएर पाँच दलको जुन निर्णय छ, त्यही निर्णय अनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ । केही असमझदारीहरु छन्, सिट थोरै छ । योगदान गरेका धेरै साथीहरु हुनुहुन्छ । स्वाभाविक रुपले उहाँहरुको आकांक्षा हुनुलाई अन्यथा मान्न सकिन्नँ । तर पार्टीको जुन मर्यादा छ, अनुशासन छ । र अहिलेको जुन आवश्यकता छ, त्यसलाई हृदयंगम गरेर पार्टीले जुन निर्णय गर्छ, त्यो निर्णयलाई पालना गरेर अगाडि बढ्नुको विकल्प छैन ।’
मन्त्री कार्कीले कसैले गठबन्धनको निर्णय विपरीत उम्मेदवारी दर्ता गराएपनि त्यस्ता असमझदारीहरूलाई सम्बोधन गरेर सहमतिमा ल्याइने बताए । ‘केही छुटफुट उम्मेदवारीहरु दर्ता भएपनि तिनीहरुलाई फेरी सहमति गरेर पाँच दलको एउटै उम्मेदवारहरु देशभरि हुनेछन्, कसैले गठबन्धनको निर्णय विपरीत दर्ता ग¥यो भने पनि त्यो पछि फिर्ता गराइन्छ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार